back

काठमाडौंको सुन्दरबस्तीमा एभरेष्ट बैंकको नयाँ शाखा, शाखा संख्यो ११९ पुग्यो

2.45K
shares
sivam siment- long add

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्य अनुरुप सो स्थानमा आफ्नो ११९ औं शाखा कार्यालय स्थापना गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य राष्ट्र भुषण चाकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छन् ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएम सहित विश्वव्यापी नेटवर्क रहेको छ । बैंकले अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

ime pay- long

ime pay- long
साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा

वि.सं.२०८० साउन ७ आइतवार २३:४०

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा...

निर्माण व्यवसायीले सरकारसँग राखे ६ बुँदे माग

निर्माण व्यवसायीले सरकारसँग राखे ६ बुँदे माग

वि.सं.२०८० असार २४ आइतवार २३:१०

काठमाडौँ। कार्यालय प्रमुखलाई तजबिजमा आयोजनाहरुको म्याद थप गर्ने जिम्मा...

बजेटप्रति सुनचाँदी व्यवसायीको असन्तुष्ट, विलासिता कर फिर्ता गर्न माग

बजेटप्रति सुनचाँदी व्यवसायीको असन्तुष्ट, विलासिता कर फिर्ता गर्न माग

वि.सं.२०८० जेठ २८ आइतवार १४:४५

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष...

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

वि.सं.२०७९ पुस २५ सोमवार २२:३३

काठमाडौं । अहिले एक पछि अर्को बैंक मर्जर हुने...

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

वि.सं.२०७९ पुस ६ बुधवार ०९:४४

काठमाडौं ।  एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका...