back

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

456
shares
sivam siment- long add

काठमाडौं । ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज साेमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस अघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभ्ने र गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल र अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४ खर्ब र कूल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने बताईएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३ सय ८५ शाखा कार्यालय, ३ सय ६७ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरुले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिवद्धता ब्यक्त गरे ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए ।

ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै उनले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताए ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए । ‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,’ उनले भने । उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे ।

ime pay- long

ime pay- long
लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

वि.सं.२०७९ पुस २५ सोमवार २२:३३

काठमाडौं । अहिले एक पछि अर्को बैंक मर्जर हुने...

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

वि.सं.२०७९ पुस १४ बिहीवार २२:१८

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा...

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

वि.सं.२०७९ पुस ६ बुधवार ०९:४४

काठमाडौं ।  एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका...

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको  १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:३७

काठमाडौँ । काठमाडौँको नयाँबजारमा एक कार्यक्रमको आयोजना गरि बर्जवती...

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

वि.सं.२०७९ कात्तिक २० आइतवार २१:४८

काठमाडौं। सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक...

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा दशैं अफर

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा दशैं अफर

वि.सं.२०७९ असोज ८ शनिवार २२:१०

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली (२०७९।६।९) देखि...