back

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

756
shares
sivam siment- long add

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई करोडौंको उपहार अफर ल्याएको छ । महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई विशेष छुटको साथमा टेस्ला गाडी र आइफोन सहितको उपहारको अफर ल्याएको हो ।

महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले कम्प्लेक्समा सिमित संख्यामा बाँकि रहेका पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथै हात खालि नजाने उपहारका अफर ल्याएको जानकारी दिएका छन् । ‘आउँदो पुस २५ गतेसम्ममा पसल बुक गर्नेलाई १० प्रतिशत छुट र खाली नजाने गरी हरेकलाई आईफोन १४ दिइने अध्यक्ष महर्जनले बताएका छन् । साथै लक्की ड्रमार्फत डेढ करोड मूल्यको टेस्ला गाडी र हिराको, सुनको हारसमेत उपहार दिने अफर समेत ल्याएको छ ।

साथै कम्पनीले बुकिङकर्ताको लागि फाइनान्सको सुविधा पनि खुल्ला गरेको छ । व्यक्तिगत भएमा ४० प्रतिशतसम्म र कम्पनीमार्फत भएमा ७५ प्रतिशतमा फाइनान्सको सुविधा उपलब्ध रहेको अध्यक्ष महर्जनले बताएका छन् । न्यूरोडमा व्यापा गर्नको लागि ७५ प्रतिशतसम्मको फाइनान्स सुविधासहित प्राइम लोकेसन र करोडौं मूल्य बराबरको उपहारको अफरलाई दुइर्ट हातमा लड्डु भन्दै महर्जनले अवसरको फाइदा उठाउन सबैलाई आह्वान गरे ।

कम्प्लेक्समा पसल बुकिङ गर्नेहरुमध्येमा लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरुप एक जनालाई टेस्ला गाडी दिइने बताइएको छ । त्यस्तै दोश्रो पुरस्कार हुन्डाइको कोना कार एक जनालाई, तेश्रो पुरस्कार नीटा इभि कार एक जनालाई दिन लागिएको छ । चौथो पुरस्कारमा हिराको हार र पाँचौ पुरस्कारमा सुनको हार एक एक जनालाई दिइनेछ ।

यसको साथमा पसल बुक गर्ने हरेकलाई आइफोन १४ दिने कम्पनीले जनाएको छ । पुस १३ गते बुधबारबाट सुरु हुने यो अफर आउँदो पुस २५ गतेसम्म मात्र लागु हुनेछ।

ime pay- long

ime pay- long
लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

वि.सं.२०७९ पुस २५ सोमवार २२:३३

काठमाडौं । अहिले एक पछि अर्को बैंक मर्जर हुने...

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

वि.सं.२०७९ पुस ६ बुधवार ०९:४४

काठमाडौं ।  एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका...

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३४

काठमाडौं । ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू...

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको  १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:३७

काठमाडौँ । काठमाडौँको नयाँबजारमा एक कार्यक्रमको आयोजना गरि बर्जवती...

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

वि.सं.२०७९ कात्तिक २० आइतवार २१:४८

काठमाडौं। सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक...

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा दशैं अफर

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा दशैं अफर

वि.सं.२०७९ असोज ८ शनिवार २२:१०

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली (२०७९।६।९) देखि...