back

महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा राहत तथा सहुलियतका कार्यक्रम समावेश

काठमाडौँ । महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा राहत तथा सहुलियतका कार्यक्रम समावेश गरेको छ । मासिक २० हजार लिटर खानेपानीको शुल्क मिनाहा भएको छ । सरकारी कम्पनीले बेच्ने खाद्य सामग्रीमा निषेधाज्ञा अवधिभरका लागि २० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।

यस्तै निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शुल्क नलिइने बजेटमा उल्लेख छ । यस्तै एक सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र दुई सय ५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । होटल, चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको डिमान्ड शुल्क छुट दिने उल्लेख छ ।

दूध, तरकारी, फलफूल र माछामासु ढुवानीमा २५ प्रतिशत अनुदान दिइने र धानको बिउ खरिदमा छुट दिइने उल्लेख छ ।

सार्वजनिक संस्थामा उच्च शिक्षा पढ्ने विद्यार्थीले ल्यापटप किन्ने चाहने विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋण दिइने बजेटमा उल्लेख छ । यो रकम दुई वर्षभित्र तिरे पुग्नेछ । १६ वर्ष भन्दामाथि विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिइने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ ।


सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

वि.सं.२०७८ साउन ७ बिहीवार २१:४१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

वि.सं.२०७८ साउन ७ बिहीवार २१:१२

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै...

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...