back

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

काठमाडौँ ।  अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् । बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा अर्थ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रूपमा नयाँ सङ्कल्पको खाँचो रहेको बताएको हो । 

अर्थ मन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगको सञ्जाल निर्माण गर्दै ठूला उद्योग स्थापना गर्नु आवश्यक रहेको पनि बतताए । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरिकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको धराणा छ ।

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हाम्रो चुनौती हो । यसलाई बदल्नका लागि नीतिगत, योजनागत रूपमा, कार्यान्वयनका दृष्टिकोणले र प्रतिबद्धताका दृष्टिकोणले एउटा नयाँ सङ्कल्पको आवश्यकता छ, हामीले स्थानीयस्तरमा, प्रदेशस्तरमा साना उद्योगको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगको बीचमा फेरि ठूला उद्योग स्थापना गर्नुपर्ने आवश्यकता छ । औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरिकन हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौँ । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनका लागि यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगीकरण नै हाम्रो मुख्य आधार हो ।’ मन्त्री शर्माले भने

उनले मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाकाे प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए ।

कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा प्रविधिकाे क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनका निम्ति प्रधानमन्त्री र अर्थ मन्त्री समक्ष आग्रहगरे । उनले नेपालमा उद्योग धन्दा सञ्चालन गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पुर्‍याउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री, अर्थमन्त्रीलाई आग्रह गर्दछु कि एकचोटि अब फेरि नेपाल एउटा खुला, उदार र ट्रान्सपरेन्ट युगमा प्रवेश गर्दैछ । यहाँ उद्योग धन्दा गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताले खोजेर बसेका छन् । त्यसको सुरुवात अब छिट्टै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ चौधरीले भने

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रम शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विशेष नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अग्रवालले निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमिकलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । 


खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

वि.सं.२०७८ असार २५ शुक्रवार १४:४५

कास्की : पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर,...

सुनको मूल्य तोलामा पन्ध्र सय रूपैयाँले घट्यो

सुनको मूल्य तोलामा पन्ध्र सय रूपैयाँले घट्यो

वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:५२

काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा पन्ध्र सयले घटेको...

नवलपरासी स्थित  सीजी उद्योगमा आगलागी

नवलपरासी स्थित सीजी उद्योगमा आगलागी

वि.सं.२०७८ जेठ १९ बुधवार १३:४९

नवलपरासी  । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी...

महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा राहत तथा सहुलियतका कार्यक्रम समावेश

महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा राहत तथा सहुलियतका कार्यक्रम समावेश

वि.सं.२०७८ जेठ १५ शनिवार १७:१८

काठमाडौँ । महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा...

निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू, करदाताको संरक्षण गर्न सर्वोच्चको आदेश

निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू, करदाताको संरक्षण गर्न सर्वोच्चको आदेश

वि.सं.२०७८ जेठ ५ बुधवार १८:२०

काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न...

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड बराबरको सहमति

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड बराबरको सहमति

वि.सं.२०७८ जेठ ३ सोमवार ०८:४५

काठमाडौं  ।  कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि...