back

विद्यार्थी परिषद् नेपालद्घारा शैक्षिक सामाग्री हस्तान्तरण

804
shares
sivam siment- long add

राजन बस्नेत, दोलखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भीमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषद्को सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

यस अघि परिषद्ले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ र बाकी ९ वटा हिमाली जिल्ला रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेकाे र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको छ।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले परिषद्को सामाजिक सेवा कार्यको उच्च प्रसंशा गर्दै भीमेश्वर नगरको कालिन्चोक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा परिषद्लाई विशेष धन्यवाद दिदै शैक्षिक क्षेत्रको बिकासमा आफुहरु लागी परेकाको प्रष्ट पार्नुभयो ।

विद्यालयका प्राचार्य नवराज सुवेदीले जिल्लाको उत्कृष्ट विद्यालय रहेको आफ्नो कालिन्चोकका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा विद्यार्थी परिषद् परिवारलाई आभार व्यक्त गर्नु भएको थियो । उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर , दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा ,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्याैपाने, कालिन्चोक माध्यमिक विद्यालयका प्राचार्य नवराज न्यौपाने, व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ, कालिन्चोक बहुमुखी क्याम्पस प्रमुख एवं हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला संचालक कृष्णबहादुर गौतम लगायतको उपस्थित रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्व विद्यालयहरूमा कार्य गरिरहेको परिषद्ले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।

यस अघि पनि प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न. ५ का का ९५ परिवारलाई स्लिपिङ म्याट ५९५ थान र प्लास्टिक सिड्स १५ थान गरी ७० लाख बराबरको राहत सामाग्री वितरण गरेको थियो ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...