back

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

4.76K
shares
sivam siment- long add

दोलखा संवाददाता । राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर विज्ञान शैक्षिक सामाग्री प्रदर्शनी गरिएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर मानन्धरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विज्ञान शैक्षिक सामाग्री प्रदर्शनीसँगै भुपु विद्यार्र्थी समाजको सहयोगमा नव निर्मित बिज्ञान ल्याव कक्षको समेत प्रमुख अतिथि ईश्वर मानन्धरले उद्घाटन गर्नुभएको थियो । उक्त कक्षमा बिज्ञान सम्वन्धित बिभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको छ ।
राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर पार्वती श्रेष्ठ र रत्नेश्वर श्रेष्ठबाट राजकुलेश्वर आधारभूत बिद्यालयका लागि २ लाखको लक्ष्मीपूजा अक्षयकोष स्थापना गरिएको छ । पूर्व बिद्यार्थी समाजको अध्यक्ष बिनोद मास्केको पहलमा विज्ञान रिभल्विङका लागि १ लाख ५० हजारको कोष स्थापना गरिएको छ । भविष्यमा कोषलाई बढाउदै लाने समेत जानकारी प्राप्त भएको छ ।

त्यसै गरि विज्ञान शिक्षक समाज दोलखाका अध्यक्ष सुन्दर खड्का मार्फत प्रदर्शनीमा सहभागि पहिलो स्थानलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक चरित्रकृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम उद्घघाटन विद्यार्थी मार्फत निर्मित रकेट उडाएर नगर प्रमुख मानन्धरले गर्नु भएको थियो कार्यक्रमको महत्व वारे प्रधानअध्यापक प्रकाश दाहालले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य क्रमश प्रमुख अतिथी ईश्वरनारायण मानन्धर, वडाअध्यक्ष स्टालिन श्रेष्ठ, आत्माकृष्ण श्रेष्ठ, पार्वती श्रेष्ठ, विनोद माष्के, पुरुषार्थ श्रेष्ठ, गोपाल श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, सुन्दर खड्काले दिनु भएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ, भीम माध्यमिक बिद्यालय, तिखातल आधारभूत बिद्यालय, त्रिपुरासुन्दरी आधारभूत बिद्यालय, फुलपा आधारभूत बिद्यालय, बालमन्दिर आधारभूत बिद्यालय, चुलिडाँडा आधारभूत बिद्यालय, सुन्द्रावती आधारभूत विद्यालय, दामाराङ आधारभूत बिद्यालय, पूर्व प्रधानध्यापक, अध्यक्ष, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला लगायत बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमका लागि खाजाको प्रायोजन समाजसवी रवीन्द्रनारायण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक तुलसा सुवेदीले गर्नुभएको थियो । भने कार्यक्रमको समापन तथा सभापतित्व अजय प्रधानले गर्नुभएको थियो ।

ime pay- long

ime pay- long
भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

वि.सं.२०८० असार १३ बुधवार २२:५९

बिके पासा । काठमाडौं महानगरपालिका भित्रका नीजि तथा सरकारी...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

वि.सं.२०७९ पुस ६ बुधवार १९:२१

काठमाडौँ । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना...

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल  बिद्यार्थी संघ

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल बिद्यार्थी संघ

वि.सं.२०७९ भदौ २१ मंगलवार १५:३८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समयमै हुनु पर्ने नतिजा...

विद्यार्थी परिषद् नेपालद्घारा शैक्षिक सामाग्री हस्तान्तरण

विद्यार्थी परिषद् नेपालद्घारा शैक्षिक सामाग्री हस्तान्तरण

वि.सं.२०७९ भदौ ६ सोमवार २१:४०

राजन बस्नेत, दोलखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको...