भीम माध्यमिक विद्यालय व्यवस्थापन समितिको सल्लाहकारमा ७ जनालाई मनोनित गरे
shares
दोलखा । भीम माध्यमिक विद्यालय दोलखाको व्यवस्थापन समितिको सल्लाहकारमा ७ जनालाई मनोनित गरिएको छ । विद्यालय व्यवस्थापन समितिको मंसिर २८ गतेको निर्णय अनुसार तपशिलका व्यक्तिहरुलाई सल्लाहकारमा मनोनित गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिले शिक्षाप्रेमी आत्माकृष्ण श्रेष्ठ, समाजसेवी बिष्णुलक्ष्मी श्रेष्ठ, प्रा.डा. हरिदर्शन श्रेष्ठ, समाजसेवी राकेश श्रेष्ठ, राजन श्रेष्ठ, ज्ञानेन्द्र प्रधान र रमेश राजभण्डारीलाई सल्लाहकारमा मनोनित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु कुंवरले समय सान्दर्भिकलाई जानकारी गराउनु भएको हो ।
भीम माध्यमिक विद्यालयको व्यवस्थापन समितिको २०७९। ०८। २८ गतेको निर्णयबाट सल्लाहकारमा मनोनित हुनु भएका सम्पूर्णमा समय सान्दर्भिक मिडिया प्रा. लि. को तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
वि.सं.२०७९ पुस २ शनिवार १५:२१