back

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

660
shares
sivam siment- long add

काठमाडौँ । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु. १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको राससले जनाएको छ।

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरू मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन् ।

कार्यक्रममा समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए । ‘‘काठमाण्डौदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ’’, अर्यालले भने, ‘‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ ।’’ उनले पठन संस्कृति प्रबर्दन गर्न शुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताए ।

पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ । बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करिव दुई दर्जन ल्यापटप र कम्प्यूटर रहेको सूचना प्रविधि कक्ष छ । यहाँ बालबालिकालाई कम्प्यूटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।

टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ । ‘‘मङ्सिरदेखि अर्को मङ्सिर महिनासम्मका लागि पहिलो चरणका लागि सम्झौता भएको छ’’, समूहका सचिव नवराज भट्टराईले भने, पुरस्कार वितरणलाई कार्यविधि बनाएर कार्यान्वयन गर्छौं ।’’

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पारेको सचिव भट्टराइले बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पठन संस्कृति पुनर्जागरण गर्न टीकापुर सरोकार समूहले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा अन्य कार्यक्रममा पनि सरोकार समूहसँग सहकार्य गर्ने अवसर मिल्ने आशा प्रकट गरे । पुरस्कारको व्यवस्थाले पाठकलाई प्रोत्साहन गर्ने जोशीको भनाइ छ ।

ime pay- long

ime pay- long
भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

वि.सं.२०८० असार १३ बुधवार २२:५९

बिके पासा । काठमाडौं महानगरपालिका भित्रका नीजि तथा सरकारी...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

वि.सं.२०७९ असोज २ आइतवार २०:२६

दोलखा संवाददाता । राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय...

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल  बिद्यार्थी संघ

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल बिद्यार्थी संघ

वि.सं.२०७९ भदौ २१ मंगलवार १५:३८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समयमै हुनु पर्ने नतिजा...

विद्यार्थी परिषद् नेपालद्घारा शैक्षिक सामाग्री हस्तान्तरण

विद्यार्थी परिषद् नेपालद्घारा शैक्षिक सामाग्री हस्तान्तरण

वि.सं.२०७९ भदौ ६ सोमवार २१:४०

राजन बस्नेत, दोलखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको...