back

बौद्ध शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको छ -पूर्व मन्त्रि कृष्णगोपाल श्रेष्ठ

1.04K
shares
sivam siment- long add

काठमाडौं । दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान र विज्ञानमा आधारित दिगो विकास शिक्षा भन्ने मूल नाराका स्थापना भएको सुलक्षण कीर्ति क्याम्पसको कक्षा सञ्चालन तथा शैक्षिक सत्र शुभारम्भको औपचारिक रुपमा उदघाटन सम्पन्न मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा आउनु भएका लुम्बिनी विश्वविद्यालयका भिसि प्रा.डा. हृयरत्न बज्राचार्यले बौद्ध शिक्षाकाे महत्व उल्लेख गर्दै कीर्तिपुर नगरपालिकाले स्नाकोत्तर तह (बुद्धिजम सस्टेनएबल डेभलभमेन्ट) मा बौद्ध अध्ययन निरन्तरता सञ्चालन गराउनका लागि मेरुदण्डको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको जनाउँदै। यस सुलक्षण कीर्ति क्याम्पसमा लुम्बिनी विश्वविद्यालयका लागि हलमार्कको रुपमा आफूले लिएको जनाए । साथै क्याम्पस प्रशासनले एम. ए बौद्ध शिक्षा अध्ययन गर्ने थलोका मात्रै नलिइ एउटा अभियानकै रुपमा लिनु पर्ने जोड दिए ।

कार्यक्रममा विद्यार्थीको तर्फबाट अनिता महर्जनले आफू कानुनको विद्यार्थी भएता पनि यस क्याम्पसमा बुद्धिजम सस्टेनएबल डेभलभमेन्ट विषय पहिलो ब्याचका रुपमा बुद्धि शिक्षा एकेडेमीक रुपमा पढ्न जुराई दिनु भएकोमा धन्यवाद दिनु भयो । लुम्बिनी बौद्ध क्याम्पसका डिन मनिकरत्न शाक्यले नेपालमा पनि बौद्ध शिक्षालाई दिगो विकासका रुपमा लागू गर्न सकेको खण्डमा देशको विकास विकास हुने अवगत गराउँदै यस सुलक्षण कीर्ति क्याम्पसको पनि दिगो विकास गर्नु पर्नेमा जोड दिए ।

प्रमुख अतिथि माननीय पुर्व शिक्षा तथा विज्ञान मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेपालमा अहिले बौद्ध शिक्षाको महत्व दिनानुदिन महत्व बढ्दै गएकाले बौद्ध शिक्षाको प्रचारका कलेज आवश्यक रहेको जनाउँदै बौद्ध शिक्षा नेपालीका लागि मात्रै नभई मात्रै नभई विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गर्नु परेमा पहल गर्नुपर्नेमा जोड दिए ।

सुलक्षण कीर्ति क्याम्पसका अनोजा गुरुमाले क्याम्पसलाई १० लाख सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का लगायत सहभागी अतिथीहरूलाई आयोजक सस्थाले सम्मान गरेकाे थियाे ।

ime pay- long

ime pay- long
भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

वि.सं.२०८० असार १३ बुधवार २२:५९

बिके पासा । काठमाडौं महानगरपालिका भित्रका नीजि तथा सरकारी...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

वि.सं.२०७९ पुस ६ बुधवार १९:२१

काठमाडौँ । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना...

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

वि.सं.२०७९ असोज २ आइतवार २०:२६

दोलखा संवाददाता । राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय...

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल  बिद्यार्थी संघ

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल बिद्यार्थी संघ

वि.सं.२०७९ भदौ २१ मंगलवार १५:३८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समयमै हुनु पर्ने नतिजा...