back

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

318
shares
sivam siment- long add

काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इभिन जेलमा आगलागी भएको हो । आगलागीबाट क्षतिको विवरण आइसकेको छैन ।

सामाजिक सन्जालमा सेयर गरिएका भिडियोहरुमा तेहरानमा आगोका ज्वाला र धुवाँको मुस्लो उडेको देखिन्छ । त्यहाँ बन्दुकको गोली चलेको जस्तो आवाज र विष्फोट भएको सुनिन्छ ।सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा रहेको बताए पनि आगलागी जारी रहेको देखिएको बीबीसीले जनाएको छ ।

इरानमा केही सरकार विरोधी उग्र प्रदर्शन जारी छ । गत महिना २२ वर्षीया कुर्दिश इरानी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आक्रोश झन् चर्किएको थियो । सरकारी अधिकारीहरुले उनको हृदयाघातबाट मृत्यु भएको बताए पनि परिवारका सदस्यहरुले प्रहरीको यातनाबाट मृत्यु भएको दाबी गरेका छन् ।

बीबीसीका अनुसार जेलमा आगलागीको घटना सोही प्रदर्शनसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन ।

सरकार विरोधी समूहले सार्वजनिक गरेको एक भिडियोमा जेलभित्रबाट तानाशाहको मृत्यु भन्दै नारा लगाएको सुनिन्छ । अर्को एक भिडियोमा भने जेलको बाहिरबाट गोली चलाएको देखिन्छ । त्यसपछि विष्फोटको आवाज सुनिन्छ ।

ime pay- long

ime pay- long
बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३९

इन्डोनेसिया । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति...

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

वि.सं.२०७९ कात्तिक २१ सोमवार २१:०९

काठमाडौँ । भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र...

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०८:५९

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु...

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

वि.सं.२०७९ असोज २५ मंगलवार १०:२८

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राती...

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

वि.सं.२०७९ असार २९ बुधवार १६:००

काठमाडौँ । श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका...

चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका

चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका

वि.सं.२०७९ असार २६ आइतवार २०:५४

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख...