back

बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

456
shares
sivam siment- long add

इन्डोनेसिया । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।

ताइवान र अन्य विषयमा महिनौँदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि बाइडेन र सीले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो । 

बेइजिङ र वाबिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताउनुभएको छ । 

पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएपछि भएको अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेटमा बाइडेनलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताउनुभएको छ ।

‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ’, चिनियाँ राष्ट्रपति सीले बताउनुभयो । 

उत्साहजनक सार्वजनिक भनाइहरूको बाबजुद दुवै देश एक–अर्काप्रति बढ्दो शङ्का गरिरहेका छन्, संयुक्त राज्य अमेरिकालाई चीनले ताइवान कब्जा गर्ने समयसीमा बढाएको भन्ने डर छ । 

अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आँकलन गर्ने आशा व्यक्त गरेका थिए ।

सबैभन्दा संवेदनशील विषय ताइवान हो जुन चीनको तर स्वशासित क्षेत्र हो ।

संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गएकाे अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।

सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गर्नुभएको थियो । 

प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।

ime pay- long

ime pay- long
भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

वि.सं.२०७९ कात्तिक २१ सोमवार २१:०९

काठमाडौँ । भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र...

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०८:५९

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु...

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

वि.सं.२०७९ असोज ३० आइतवार १२:०१

काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ ।...

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

वि.सं.२०७९ असोज २५ मंगलवार १०:२८

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राती...

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

वि.सं.२०७९ असार २९ बुधवार १६:००

काठमाडौँ । श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका...

चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका

चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका

वि.सं.२०७९ असार २६ आइतवार २०:५४

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख...