back

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ, होटल समेत बन्द गरियो

1.07K
shares
sivam siment- long add

एजेन्सी । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ ।

बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ । तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।

यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो । आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो ।

आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ ।

ime pay- long

ime pay- long
आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...

रास्ट्रिय  स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

रास्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

वि.सं.२०८० जेठ १८ बिहीवार २३:१०

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...