back

पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्नु हुँदैन : नेतृ मरियम नवाज

sivam siment- long add

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग(नवाज)की नेतृ मरियम नवाजले पाकिस्तानले अफगानिस्तानका नागरिकको चाहना स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

इस्लामावादमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग संयुक्त रुपमा युद्ध पीडितको पुर्नस्थापना र पूर्बाधार पुर्ननिर्माणमा सामेल हुनुपर्ने बताउनुभयो ।

सयौं अफगान काबुलस्थित पाकिस्तान दूताबास अगाडि विरोध प्रदर्शन गरेको भोलिपल्टै पाकिस्तानको बिपक्षी नेतृ मरियमको यस्तो टिप्पणी आएको हो । अफगानले विरोध प्रदर्शनको क्रममा आन्तरिक मामीलामा हस्तक्षेप नगर्न र तालिबानलाई सहयोग गर्न बन्द गर्न नाराबाजी गरेका थिए ।

अर्कोतिर तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।

केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए ।

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबानको सरकारका विरुद्धमा अपगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो ।

उनीहरुले शुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अगष्ट १५ मा अफगानिस्तानका तालिबानीले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरुले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।

ime pay- long

ime pay- long
पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५२

काठमाडौं । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको...

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

वि.सं.२०७८ भदौ २३ बुधवार ०८:५१

एजेन्सि । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश...

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट

वि.सं.२०७८ भदौ ९ बुधवार ०९:३७

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई...

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

वि.सं.२०७८ भदौ १ मंगलवार १५:०६

काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय...

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

वि.सं.२०७८ साउन २० बुधवार ०८:५८

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण...

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ, होटल समेत बन्द गरियो

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ, होटल समेत बन्द गरियो

वि.सं.२०७८ साउन १६ शनिवार १९:३३

एजेन्सी । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना...