back

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

1.36K
shares
sivam siment- long add

काठमाडौं । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावासको सजाय भोगिरहनुभएका गोन्जालोको जेल परेको २९ वर्षपछि पेरुको एक सैन्य अस्पतालमा छालाको क्यान्सरबाट निधन भएको हो । 

गोन्जालो दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बर ३ मा जन्मिनुभएको थियो । अगस्टिन नेशनल युनिभर्सिटीबाट दर्शनशास्त्र र कानुन विषयमा स्नातक तहसम्मको अध्ययनपछि उहाँ सन् १९६२ मा सन क्रिस्टोबल अफ ह्युयोमांगा विश्वविद्यालयमा दर्शनशास्त्रका प्रोफेसरसमेत रहनुभएको थियो ।   

मार्क्ससिज्म र माओ जेदोङबाट प्रभावित गोन्जालोले सन् १९६९ मा कम्युनिस्ट पार्टी अफ पेरु–साइनिङ पाथको स्थापना गरी आन्तरिक सङ्घर्षको सुरुवात गर्नुभएको थियो । पेरुको सरकारविरुद्धको आन्तरिक सङ्घर्षकै क्रममा उहाँ सन् १९७० को मध्यमा भूमिगत हुनुभएको थियो ।

क्रान्तिकारी नेता गोन्जालो साइनिङ पाथका संस्थापक तथा माओवादी गुरिल्ला समूहको समेत नेतृत्वकर्ता हुनुहुन्थ्यो । सन् १९८० को मे महिनामा द आर्म्ड स्ट्रगल अर्थात् पिपुल्स वारको नामबाट उहाँको नेतृत्वमा रहेको साइनिङ पाथले युद्धको सुरुवात गरेको थियो । 

पेरुमा सन् १९८० देखि २००० सम्म माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको एक दशक लामो युद्धका क्रममा झन्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएका थिए ।

साइनिङ पाथले पेरुको राजधानी लिमामा गरेको घातक आक्रमणको दुई महिनापछि उहाँ नियन्त्रणमा पर्नुभएको थियो  । उहाँ सन् १९९२ को सेप्टेम्बरमा लिमामा रहेको एक सुरक्षित घरबाट पक्राउ पर्नुभएको थियो ।  

गुजम्यान पक्राउ परेपछि साइनिङ पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्य सक्रिय रहेका छन् ।

उहाँलाई क्रान्तिकारी नेता कार्ल मार्क्स, भ्लादिमिर लेनिन, माओ जेन्डोङ (माओत्सेतुङ) को धार पछ्याउने चौथो ठूलो क्रान्तिकारी नेताको रूपमा लिइन्छ । 

ime pay- long

ime pay- long
बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३९

इन्डोनेसिया । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति...

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

वि.सं.२०७९ कात्तिक २१ सोमवार २१:०९

काठमाडौँ । भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र...

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०८:५९

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु...

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

वि.सं.२०७९ असोज ३० आइतवार १२:०१

काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ ।...

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

वि.सं.२०७९ असोज २५ मंगलवार १०:२८

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राती...

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

वि.सं.२०७९ असार २९ बुधवार १६:००

काठमाडौँ । श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका...