back

रुसी आक्रमणबाट युक्रेनको एउटा केमिकल प्लान्टमा भीषण आगलागी

648
shares
sivam siment- long add

बीबीसी । रुसी सेनाको आक्रमणका कारण युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रहेको एउटा केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । प्लान्टमा रुसी सेनाको बमबारीबाट सयौँ टन तेल चुहिएर भीषण आगलागी भइरहेको सहरका प्रमुख सेरही हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्लान्टमा झन्डै आठ सय जना मानिस फसेका पनि उहाँले बताउनुभएको छ । सहरमा व्यापक गोलाबारी हुन थालेपछि गैरसैनिक मानिसहरू आश्रय लिन प्लान्टभित्र पसेका हुन् ।

पूर्वी युक्रेन कब्जा गर्न रुसका लागि सेभेरोडोनेत्स्क सहरमा कब्जा गर्नु महत्त्वपूर्ण हुने छ । सहरलाई कब्जा गर्ने उद्देश्य पूरा गर्न रुसी फौजले अत्यन्तै संवेदनशील र सयौँ मानिस आश्रय लिएको थाहा हुँदाहुँदै प्लान्टमा आक्रमण गरेको सहरका प्रमुख हाइदाईले बताउनुभएको छ ।

रुस र युक्रेनबीच बितेको साढे तीन महिनादेखि युद्ध चलिरहेको छ । युक्रेनको राजधानी तथा अन्य सहरमा कब्जा गर्न विफल भएपछि रुसले अहिले पूर्वमा रहेको लुहान्स्क र डोनेत्स्क सहरलाई निसाना बनाइरहेको छ ।

सेभेरोडोनेत्स्क सहरका प्रमुख सेरही हाइदाईले सहरको धेरैजसो भू–भाग रुसको कब्जामा गइसकेको बताउनुभएको बीबीसीले जनाएको छ ।

ime pay- long

ime pay- long
बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३९

इन्डोनेसिया । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति...

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

वि.सं.२०७९ कात्तिक २१ सोमवार २१:०९

काठमाडौँ । भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र...

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०८:५९

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु...

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

वि.सं.२०७९ असोज ३० आइतवार १२:०१

काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ ।...

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

वि.सं.२०७९ असोज २५ मंगलवार १०:२८

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राती...

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

वि.सं.२०७९ असार २९ बुधवार १६:००

काठमाडौँ । श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका...