back

७ हजार टन अन्न बोकेको पानीजहाज युक्रेनको बन्दरगाहबाट अरू देशका लागि छुट्यो

810
shares
sivam siment- long add

युक्रेन ।  सात हजार टन अन्न बोकेको पानीजहाज युक्रेनको बन्दरगाहबाट अरू देशका लागि छुटेको छ । रुसको कब्जामा रहेको बर्दियान्स्कको बन्दरगाहबाट सात हजार टन अन्न बोकेको पानीजहाज मित्र राष्ट्रहरूका लागि छुटेको रुसले नियुक्त गरेका एक अधिकारीले जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ । 

रुसले युक्रेनमा युद्ध सुरु गरेपछि यो बन्दरगाहबाट पहिलो पटक अन्न निर्यात भएको खबरमा उल्लेख छ । रुसले नियुक्त गरेका अधिकारी एभजेन बालित्स्कीले धेरै महिनापछि जहाज छुटेको र बिस्तारै निर्यात बढ्ने बताउनुभएको छ । 

रुसले युक्रेनका बन्दगाह कब्जामा लिएर अन्न निर्यात हुन नदिएकाले संसारभर खाद्यान्न र खाने तेलको अभाव भएको अमेरिका र युरोपेली देशले आरोप लगाउँदै आएका छन् । युक्रेनले त रुसले लाखौँ टन गहुँ र मकै चोरेको समेत आरोप लगाएको छ । रुसले आक्रमण सुरु गरेसँगै दक्षिणी युक्रेनका खेअरसन र जापोरिझिया सहर रुसकै नियन्त्रणमा रहेका कारण यी दुई सहरमा रहेका ठूला बन्दरगाहबाट निर्यात हुन पाएको छैन । 

संसारभर खपत हुने गहुँमध्ये युक्रेनले १० र १७ प्रतिशत माग रुसले धान्दै आएको छ । यस्तै संसारभर सूर्यमुखीको तेलको ४० प्रतिशत माग युक्रेन र रुसबाट पूरा हुँदै आएको छ । 

ime pay- long

ime pay- long
बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३९

इन्डोनेसिया । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति...

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

वि.सं.२०७९ कात्तिक २१ सोमवार २१:०९

काठमाडौँ । भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र...

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०८:५९

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु...

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

वि.सं.२०७९ असोज ३० आइतवार १२:०१

काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ ।...

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

वि.सं.२०७९ असोज २५ मंगलवार १०:२८

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राती...

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

वि.सं.२०७९ असार २९ बुधवार १६:००

काठमाडौँ । श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका...