back

संसदीय दलको बैठकमा उपस्थित हुन्छौँ : भुसाल

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसद पनि सहभागी हुने भएका छन् । बैठक शुक्रबार दिउँसो ३ बजेका लागि संसद भवनस्थित लोत्से हलमा बस्‍नेछ ।

सरकारबाट बाहिरिएपछि उनले पहिलो पटक बैठक बोलाएर आगामी दिनमा संसद्‍मा कसरी प्रस्तुत हुने स्पष्ट पार्न खोजेको एक सांसदले बताए । गम्भीर अवस्थामा समेत संसदीय दलको बैठक नछोडेका खनाल नेपाल समूहका सांसद यस पटकको बैठक पनि छुटाउने छैनन् । बैठक पार्टी अध्यक्षले बोलाएको र एमाले हाम्रो पनि हो भन्दै उनीहरूले सबै सहभागी हुने तयारी गरेका छन् ।

पूर्वमन्त्री एवं सांसद घनश्याम भुसालले बैठकमा आफूहरू सहभागी हुने बताए । ‘नजाने भन्‍ने त प्रश्‍न नै आउँदैन । सबै साथीहरूसँग हामी सल्लाह गरेर नै सहभागी हुन्छौँ,’ भुसालले भने । संसद् पुनःस्थापना भएपछिको पहिलो बैठक भएकाले पनि संसदीय दलमा सबैको उपस्थिति आवश्यक रहेको उनले बताए ।

‘एमाले हामी सबैले बनाएको र यहाँसम्म ल्याएको पार्टी हो । त्यो पार्टीलाई जोगाउन नै यो हदसम्मको प्रयास भएको अवस्था छ,’ उनले भने, ‘कस्तो अवस्थामा त संसदीय दलको बैठकमा गयौँ भने नजाने भन्‍ने प्रश्न नै हुँदैन । हामी जान्छौ सक्रिय । रूपमा सहभागी हुन्छौ । कुरा राख्छौँ, छलफल गर्छौँ ।’

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न ओलीले बैठक बोलाएका हुन् । एमालेको नेपाल पक्षका २३ जना सांसदको समर्थनसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली सत्ताबाट बाहिरिएका थिए ।


बालकृष्ण खाँडले गृहमन्त्रीको शपथ लिए

बालकृष्ण खाँडले गृहमन्त्रीको शपथ लिए

वि.सं.२०७८ असार २९ मंगलवार २१:५५

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता...

माओवादीबाट जनार्दन अर्थमन्त्री, उर्जामा पम्फा

माओवादीबाट जनार्दन अर्थमन्त्री, उर्जामा पम्फा

वि.सं.२०७८ असार २९ मंगलवार १७:४०

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर, देव...

जाँदाजाँदै प्रधानमन्त्री ओलीको घोषणा : बादल हटाएर फेरि सूर्य उदाउने छ

जाँदाजाँदै प्रधानमन्त्री ओलीको घोषणा : बादल हटाएर फेरि सूर्य उदाउने छ

वि.सं.२०७८ असार २९ मंगलवार १७:१७

काठमाडौँ  । सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन,...

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

वि.सं.२०७८ असार २५ शुक्रवार १४:४५

कास्की : पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर,...