back

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

sivam siment- long add

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल बीच सम्झौता भएको लामो समय सम्म पनि परियोजनाले गति लिन सकेको छैन । एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जाने उपाध्यक्ष सुमारले बताएका छन् । परियोजनाले गति नपाउँदा सम्झौता कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वको टोली नेपाल आएको हो ।


चार दिने नेपाल भ्रमणका रहदा फतिमाको टोलीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई फतिमा टोलीले भेटिसेका छन् ।


अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएका छन् ।
यसको अन्तराष्ट्रिय समुदायमा जाने नेपालको सन्देश र आगामी सहयोग परियोजनाहरुमा नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन हुने विश्लेषण गरिएको छ । यसअघि बुधबार नेपाललाई सोधेका प्रश्नका जवाफ पठाउँदै एमसीसीले अमेरिकी सहयोग परियोजना सैन्य प्रयोजनको लागि नभएको बताएको थियो ।


सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफ पठाउँदै एमसीसीले अनुदान कोषको उपयोग सैन्य प्रयोजनमा गर्न कानुनले रोकेको उल्लेख गर्दै यो विशुद्ध गरिबी न्युनीकरणका लागि दिइने सहयोग रहेको प्रष्ट पारेको थियो ।

यस्तै एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको थियो ।

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:३०

काठमाडौं । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:१८

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज...

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तिन किलो बढी...