back

राष्ट्रपतिलाई ‘वटुक’ को स्वस्तिवाचन

3.04K
shares
sivam siment- long add

महोत्तरी । पीत (पहेँलो) वस्त्रधारी वटुक (संस्कृत विद्यालयका छात्र) को सामूहिक स्वर लयमा गुञ्जियो, ‘स्वस्ति न इन्द्रो वृहदश्वा, स्वस्तिन पुषा’ मुलुककै जेठो मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रवेश गर्दा देखिएको दृश्य हो यो । विद्यालयमा नियमित रुद्राभिषेक गुञ्जने र आउने अतिथिलाई ‘स्वस्तिवाचन’ बाट स्वागत गरिने अब परम्परा नै बनेको प्राचार्य (प्रधानाध्यापक) ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

विसं १७७५ मा जयकृष्ण दास नाउँका एक सन्तले स्थापना गर्नुभएको गुरुकुल कालान्तरमा संस्कृत पाठशाला भनिँदै अब राजकीय संस्कृत माविका नाउँमा सञ्चालित छ । करिब १५ कट्ठा  क्षेत्रफलमा फैलिएको कक्षा ८ देखि १२ सम्म अध्यापन हुने विद्यालयमा अहिले मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुमा महोत्तरीबाहेक विकट पहाडी जिल्ला दैलेखका बढी छन् ।

विगतमा ब्राह्मण जातिका वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्राले पढ्न पाउने भएका छन् । विद्यालयमा हिन्दू परम्पराका विभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका छात्र पनि रहेका प्राचार्य पौडेलले राष्ट्रपतिलाई अवगत गराउनुभयो ।

मुलुकको राजगुठीबाट विद्यालयको छात्रावासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । यसको स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ ।

मुलुकमा शिक्षाको प्रसारमा योगदान दिनुभएका शैक्षिक क्षेत्रका अग्रदूत बालगुरु षडानन्दले शिक्षा आर्जन गर्नुभएको यो विद्यालयमा पढेका सयौँ विद्यार्थीले देशका विभिन्न क्षेत्रको विशिष्ट सेवामा योगदान दिएका प्राचार्य पौडेलले सम्झना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले गहिरो अभिरुचिका साथ विद्यालयको अवस्थाबारे जानकारी लिनुभयो । यसपालिको वर्षाकालमा विद्यालयको पुरानो भवन लडेको र छात्रछात्रालाई पठनपाठनमा भौतिक पूर्वाधारको अभाव भएको सो अवसरमा राष्ट्रपतिलाई जानकारी गराइएको थियो । विद्यालयमा समयानुकूल पठनपाठनका विषय थपिन आवश्यक रहेको र व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि आयुर्वेद विषयको अध्ययन÷अध्यापनको खाँचो महसुस गरिएको प्राचार्य पौडेलले बताउनुभयो ।
    
मटिहानी नगरपालिकाले निर्माण गरेको रङ्गशाला उद्घाटन गर्न आउनुभएका राष्ट्रपतिले मुलुककै जेठो विद्यालयको अवलोकन गर्नुभएको हो ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...