back

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

402
shares
sivam siment- long add

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार कोरोना भाइरसको ओमिक्रोन उप–स्वरुप बीएफ.७ को तीन जना संक्रमित भारतमा पनि भेटिएका छन् । भारतमा भेटिएको त्यहि भेरिएन्ट हो, जसले चीनमा अहिले महामारीको रुप लिएको छ । यसैबीच भारतको स्वास्थ्य मन्त्रालयले पनि मानिसलाई सर्तक रहनका लागि अपिल गरेको छ ।

गुजरातको जैव प्रौद्योगिकी अनुसन्धान केन्द्रले भारतमा बीएफ.७ को पहिलो संक्रमित फेला पारेको हो । अहिलेसम्म गुजरातमा दुई जना संक्रमित भेटिएका छन् भने उडिशाबाट एक जना ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मान्डभियाको अध्यक्षतमा बुधवार भएको कोभिड–१९ को समीक्षा बैठकमा एक जना विशेषज्ञले अहिलेसम्म कोभिड संक्रमितको संख्यामा समग्र वृद्धि भएको छैन तर अहिले बढ्दो स्वरुपलाई हेर्दा निरन्तर निगरानी गर्नु आवश्यक भएको बताएका छन् ।

भारतमा कोरोनाको सब भेरिएन्ट बीएफ.७ संक्रमित भेटिएपछि नेपालमा पनि यो भेरिएन्ट भेटिन सक्ने सम्भावना धेरै रहेको छ ।

खुल्ला सीमानाका कारण पहिला पनि भारतमा नयाँ भेरिएन्ट भेटिँदा त्यसको केहि समयपछि नै नेपालमा पनि उक्त भेरिएन्टका संक्रमित भेटिएको धेरै उदाहरण छन् । यदि चीनमा जस्तै भारतमा पनि यो भेरिएन्टले महामारीको रुप लियो भने त्यसको असर नेपालमा देखिन समय लाग्दैन ।

त्यसैले अहिलेदेखि नै खुल्ला सीमा नाकामा कोभिडका लागि बनाइएका मापदण्ड अपनाउनु पर्ने देखिन थालेको छ । २०१९ मा पहिलो पटक चीनमा देखिएको कोभिड– १९ को असर अहिले पनि हरेक क्षेत्र, बजार र व्यवसायमा रहिरहेकाले यसप्रति छिट्टै सोच्नु आवश्यक रहेको छ ।

चीनका विभिन्न शहरहरुमा वर्तमान कोभिडको अत्यधिक संक्रामक स्वरुप ओमिक्रोन, विशेष गरेर बीएफ.७ को चपेटामा रहेका छन्, जुन बेइजिङमा फैलिरहेको मुख्य स्वरुप हो । यहि भेरिएन्टका कारण चीनमा कोभिड संक्रमितको संख्या तिव्र गतिमा बढेको हो ।

बीएफ.७ ओमिक्रोनको स्वरुप बीए.५को उपस्वरुप हो र यसमा संक्रमणको व्यापक क्षमता हुन्छ । यसका साथै इनक्यूबेशन अवधि कम हुन्छ र यसमा पुनः संक्रमण उत्पन गराउने अथवा खोप लगाइसकेका व्यक्तिलाई पनि संक्रमित बनाउन सक्छ । यो भेरिएन्ट अमेरिका, ब्रिटेन, बेल्जियम, जर्मनी,फ्रान्स र डेनमार्क जस्ता यूरोपीय देश सहित विभिन्न देशमा पहिला पनि भेटिसकेको छ ।

ime pay- long

ime pay- long
चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

जाडो मौसममा छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ – मञ्जु कार्की पाण्डे सौदर्य बिज्ञ

जाडो मौसममा छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ – मञ्जु कार्की पाण्डे सौदर्य बिज्ञ

वि.सं.२०७९ माघ ४ बुधवार १९:३१

✍ मञ्जु कार्की पाण्डे, मेकअप आर्टिष्ट। जाडो मौसममा हावा र...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

वि.सं.२०७९ कात्तिक २८ सोमवार १६:१९

काठमाडौँ । लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ एल...

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञको सुझाव

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञको सुझाव

वि.सं.२०७९ भदौ २० सोमवार ११:४२

काठमाडौँ । ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ...