back

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

714
shares
sivam siment- long add

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताएका छन् ।

पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ । सन् २०२० देखि ‘शून्य कोभिड नीति’ जस्तो कडा स्वास्थ्य मापदण्ड अपनाएको चीनमा पछिल्ला केही दिनयता संक्रमण ह्वात्तै बढेको हो ।

राष्ट्रपति सी चिनफिङको ‘शून्य कोभिड नीति’ विरुद्ध नागरिक सडकमै प्रदर्शनमा उत्रिएपछि सरकार उक्त नीति फिर्ता लिन बाध्य भएको थियो । संक्रमणदर बढे पनि मृत्युदर भने नबढेको अधिकारीहरूले बताएका छन् । सोमबार र मंगलबार कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । बुधबार भने कोरोनाका कारण चीनमा कसैको मृत्यु भएको छैन ।

जेनेभामा साप्ताहिक प्रेस कन्फरेन्सका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण ‘चिन्ताजनक’ भएको बताएका छन् । उनले चीनलाई संक्रमणको गम्भीरता, अस्पताल भर्ना र आईसीयू आवश्यकताबारे सटिक तथ्यांक उपलब्ध गराउन आग्रह गरेका छन् ।

डाक्टर र्‍यान कोरोनाबाट बच्नका लागि खोप नै उपयुक्त उपाय भएको बताउँछन् । चीनले कोरोनाविरुद्ध आफ्नै खोप उत्पादन गरेको छ । विज्ञहरूले चिनियाँ खोप कम प्रभावकारी भएको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् । बुधबार मात्र जर्मन सरकारले चीनमा बायोएनटेक कोभिड खोप पठाएको थियो । सुरुमा २० हजार प्रवासीलाई चीनमा बायोएनटेक खोप लगाइकने बताइएको छ ।

चीनमा पहिलो पटक बाहिरबाट खोप पठाइएको हो । कति खोप पठाइएको हो भन्ने यकिन जानकारी सार्वजनिक भएको छैन । गत महिना चीन भ्रमणका क्रममा जर्मन चान्सलर ओलाफ स्कल्जले चिनियाँ नागरिकसहित सबैलाई खोप नि:शुल्क वितरण हुनुपर्नेमा जोड दिएका थिए ।

ime pay- long

ime pay- long
चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

वि.सं.२०७९ कात्तिक २८ सोमवार १६:१९

काठमाडौँ । लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ एल...