डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड
shares

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाउनुभएकाे छ । बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बन्नुभएको हो ।
बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ । यो अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्दछन् । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
Indian President Ram Nath Kovind presents Padma Shri, the fourth highest civilian award in India, to senior ophthalmologist of Nepal Dr Sanduk Ruit, on Monday, April 2, 2018. Photo: President of India Twitter
डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल हुनुभएको छ । बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिनुभयो ।
यस्तै मानवताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डाक्टर रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उहाँको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताउनुभएको छ ।
डाक्टर सन्दुक रुइत बिश्वका करिब १५० मध्येबाट छानिएका हुन। बिगतमा पनि डाक्टर सन्दुक रुइतले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु पाइसकेका छन्।
वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७