back

जाडो मौसममा छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ – मञ्जु कार्की पाण्डे सौदर्य बिज्ञ

1.93K
shares
sivam siment- long add

✍ मञ्जु कार्की पाण्डे, मेकअप आर्टिष्ट। जाडो मौसममा हावा र पानी चिसो हुने भएकाले छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ । त्यसैले  जाडो मौसममा छालालाई विशेष प्रकारले हेरचाह गर्न आवश्यक छ । जाडो मौसममा छालालाई नरम बनाई राख्नका लागि दिनमा एक पटक क्लिजिङ मिल्कले अनुहार सफा गर्नुपर्छ ।यसो गर्नाले अनुहारमा फोहोर जम्न पाउँदैन र अनुहार सफा रहिरहन्छ । त्यस्तै छालालाई कोमल र नरम बनाउनका लागि राति सुत्नु अगाडि अनुहारमा मोइश्चराइजर, भिटमिन-ई लगाउनुपर्छ । हरेक मानिसको भिन्दाभिन्दै प्रकारको छाला हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सुख्खा । त्यसैले धेरै ओयली स्कीनलाई समय समयमा स्क्रब गर्नुपर्छ र अयल फ्रि क्रिम प्रयोग गर्नुपर्छ । त्यस्तै, अयल कन्टोल गर्ने प्याकहरु पनि समय समयमा अनुहारमा लगाउनुपर्छ । भने सुख्खा छालालाई समय समयमा फेशियल गर्ने राति र दिनमा प्रयोग हुने मइश्चराइजरको प्रयोग गर्नुपर्छ ।

जाडो मौसममा ओठ सुख्खा हुन्छ । त्यसैले ओठमा भ्यासलिन र भिटामिन-ई लगाउनु सुत्नुपर्छ अनि मात्र ओठ सुख्खा हुनबाट बच्छ । मोश्चराइजरले पनि ओठलाई हल्का मसाज गर्नाले पनि ओठ सुख्खा हुनबाट बचाउन सकिन्छ । त्यस्तै गुणस्तरीय लिपस्टिकहरुको मात्र प्रयोग गर्नुपर्छ । यदि जाडोमा हात-खुट्टा सुख्खा हुन्छ सुत्ने बेलामा मनतातो पानीमा नुन हालेर डुबाउनुपर्छ र पुछेर बडी लोसन अथवा भ्यासलिन लगाउनुपर्छ । यो प्रकृया हप्तामा दुई अथवा तीन पटकसम्म गर्नुपर्छ । खुट्टालाई धुलोबाट बचाउनका लागि मोजाको प्रयोग गर्ने र समय समयमा मेनी केयर र पेडिकेयर गर्नुपर्छ ।

विवाह हुने भन्ने निधो भएपछि पहिलेबाट नै आफ्नो सौन्दर्यलाई ध्यान दिन सुरु गर्नुपर्छ । त्यसैले विवाहमा दुलहीलाई सुन्दर देखाउनका लागि एक महिना अघिदेखि नै ब्यूटी केयर गर्नुपर्छ । खासगरी खानपान तथा निद्रा पर्याप्तमात्रामा हुनुपर्छ ।  चिल्लो तथा अथवा सुख्खा स्किन, कस्तो छ हेरेर त्यही अनुरुप हेरचाह गर्नुपर्छ । ओयली स्किनलाई स्क्रब र फेस वास गर्नुपर्छ । अनि राति सुत्नु अगाडि मोइश्चराइजर लगाउनुपर्छ । यदि तपाईंको छाला सुख्खा छ भने एक महिनादेखि नै क्लिजिङले अनुहार सफा गर्नुपर्छ । हामीले सकेसम्म गुणस्तरीय मोइश्चराइजर नै प्रयोग गर्नुपर्छ ।

पहिले जस्तो रातो रंगलाई नै प्राथमिकता दिनुपर्छ भन्ने छैन । आफ्नो अनुहारको आकार, छालाको रंग अनुसार गुलाबी, सुनौलो रंगका पहिरन र मेकअप पनि त्यही अनुसार नै गर्दा राम्रो हुन्छ । दुलहीको मेकअपमा पहिला अनुहार कस्तो प्रकार छ हेर्नुपर्छ । ड्राई र ओयली कस्तो छ ? हेर्नुपर्छ र माथि भनिए अनुसार नै हेरचाह गर्नुपर्छ । त्यसबाहेक टोनर, मोइश्चराइजर, सनब्लक, प्राइमर, आफ्नो छाला अनुसार कन्सिलर लगाएर फाउन्डेशनले कभर गर्नुपर्छ ।

सुन्दरतामा खानपान, पर्याप्त निद्रा, व्यायाम गर्नुपर्छ । जसले अनावश्यक बोसो घटेर फिट देखिन्छ र छालामा ग्लो आउँछ । दिनहुँ वर्कवाउट गर्दा छालामा टोनिङ हुन्छ । चाँडो सुत्ने अनि चाँडो उठ्नु सुन्दरताको लागि राम्र्रो मानिन्छ । निद्रा नपुग्दा छाला चाउरिने, आँखा मुन्तिर कालो दाग बस्ने, छालामा चार्म आउँदैन । सुन्दर हुनका लागि यी सबै कुराको ठूलो भूमिका छ ।

विवाहमा सहभागी हुनेले हल्का मेकअप गर्नुपर्छ । किनभने हामी फस्ट पर्सन होइनौं । त्यसैले अनुहार अनुसारको फाउन्डेसन लगाउने र गाजल पनि हल्का देखिने हुनुपर्छ । यसका साथै पहिरन अनुसारको मेकअप गर्नुपर्छ । त्यसैले आफूलाई सुहाउने मेकअप गर्नुपर्छ । हल्का आइस्याडो लगाउन सकिन्छ । हेयरका लागि सजिलो छ । हिजोआज बजारमा विभिन्न किसिमका जोरोवन पाइन्छ । यसलाई प्रयोग गर्न दुलहीलाई जुरो बनाउँदा साइडबाट कपाल निकालेर कर्ल गर्ने, थोरै पफ उठाएर, कपाल घुमाउँदै अथवा स्टे्रट गर्दै पछाडि लगेर जुरो बनाउन सकिन्छ  । थोरै भलुम उठाएर ब्याककोम गर्दै जुरो बनाउन सकिन्छ । अनुहार अनुसारको हेयर स्टाइल बनाउनुपर्छ ।

(मञ्जु कार्की पाण्डे) मेकअप आर्टिष्ट हुन्

ime pay- long

ime pay- long
चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

वि.सं.२०७९ कात्तिक २८ सोमवार १६:१९

काठमाडौँ । लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ एल...

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञको सुझाव

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञको सुझाव

वि.सं.२०७९ भदौ २० सोमवार ११:४२

काठमाडौँ । ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ...