back

उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा

sivam siment- long add

काठमाडौँ ।  उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले  निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। 

kumari-bank

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। 

तर,  किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्। 

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ। 

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

पुस्तक पसल खोल्दा पुस्तक किन्ने बहानामा धेरैको हिँडडुल हुने भएकोले यस्तो निर्णय गर्न नहुने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत रहेको निरौलाले जानकारी दिए ।

‘पुस्तक किन्ने बाहानामा मान्छेको भिड बढ्न सक्छ, त्यसैले पुस्तक पसल खोल्ने तयारी छैन ।’ निरौलाले भने ।

यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

वि.सं.२०७८ भदौ १५ मंगलवार २२:३७

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय...

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

वि.सं.२०७८ भदौ ९ बुधवार २२:२०

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने...

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ  बिहिवार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालनमा रोक

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ बिहिवार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालनमा रोक

वि.सं.२०७८ साउन २६ मंगलवार २१:०२

काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने...

कोभिशिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिकले ५ महिनापछि पाए  दोस्रो डोज

कोभिशिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिकले ५ महिनापछि पाए दोस्रो डोज

वि.सं.२०७८ साउन २५ सोमवार १७:१३

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका...

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, आज एकै दिन २५ जनाको मृत्यु

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, आज एकै दिन २५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २२ शुक्रवार २२:२३

काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार...