back

भिडभाडका कारण फेरी बढ्यो कोरोना संक्रमित

1.66K
shares
sivam siment- long add

काठमाडौँ । हेलचेक्र्याइँ र भिडभाडका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । नेपालमा आज कोरोनाबाट २८९२ जना संक्रमित थपिएका छन् । ११ हजार ५६८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा आरटी पीसीआर र ४ हजार ३८१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८८९ र एन्टिजेनबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज थप नेपालमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ११२ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना संक्रमित कोरोनामुक्त भएका छन्।

सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रूपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक/एक जना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमणका साथै अन्य दीर्घरोगसमेत रहेको अस्पतालले जनाएको छ। यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ८ जनाको मृत्यु भएको र ५ जनाको मृत्यु विवरण अद्यावधिक गरिएको जनाएको छ।

चैत तेस्रो सातासम्म दैनिक संक्रमितको संख्या औसत डेढ सय हाराहारी थियो। तर, सोमबार ५ सय ५९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमध्ये २४ वर्षमुनिका संक्रमितको संख्या १८ छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणदर वृद्धि भइरहेका कारण भीडभाड एवं जमघट गर्नु घातक हुने बताए। ‘संक्रमणको अवस्थालाई आकलन गरेरै २५ जनाभन्दा बढी व्यक्ति जमघट तथा भेला हुने कार्यक्रम सबै बन्द गर्नुपर्छ भन्ने नै हाम्रो प्रस्ताव हो’, प्रवक्ता डा. गौतमले भने।

ime pay- long

ime pay- long
चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...