back

अमेरिकी खोप साउन ४ गतेबाट लगाउन सुरू, यी हुन् ४४ खोप केन्द्र

2.48K
shares
sivam siment- long add

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) सुविधाअन्तर्गत आएको जोन्सन एण्ड जोन्सनको ‘जानसेन’ खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि ६ गतेसम्म लगाउने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार चीनबाट खरिद गरि ल्याइएको ‘भेरोसेल’ असार २९ गते देखि साउन २ गतेसम्म विभिन्न केन्द्रहरुबाट लगाइने छ भने सोही केन्द्रहरुमा साउन ४ देख ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप वितरण गरिने भएको हो।

मन्त्रालयको निर्णय अनुसार काठमाडौंका ४४ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं बाहिर पनि खोप केन्द्रका विषयमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ। उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा केन्द्रका विषयमा सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयका जानकारी दिएको छ।

अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो भने चीनबाट हाल ८ लाख खोप मात्र आइपुगेको छ। थप खोपहरु चीनबाट नेपाल आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने छ। ​खोप पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।

भेरोसेल ५५ वर्ष वा सो भन्दा माथि उमेर समुहका नागरिकहरुलाई दिइनेछ। विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई दिइनेछ।

ime pay- long

ime pay- long
चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...