back

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७/१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।


धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०८

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

मेरी बास्सै’ की (पल्पसा डंगोल ) चम्सुरी अस्पताल भर्ना

मेरी बास्सै’ की (पल्पसा डंगोल ) चम्सुरी अस्पताल भर्ना

वि.सं.२०७८ साउन ४ सोमवार २१:३०

काठमाडौं । कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्...

प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षणमा जादै

प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षणमा जादै

वि.सं.२०७८ साउन ४ सोमवार ०९:४६

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा...

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

वि.सं.२०७८ साउन ४ सोमवार ०९:३३

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन...

दोलखाको चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु

दोलखाको चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु

वि.सं.२०७८ असार ३१ बिहीवार १४:४९

दोलखा सवाददाता  । दोलखामा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु...