back

मेरी बास्सै’ की (पल्पसा डंगोल ) चम्सुरी अस्पताल भर्ना

काठमाडौं । कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन् । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अस्पताल भर्ना भएकी हुन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । यो कुराको जानकारी कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

डंगोललाई केही दिन अगाडि मिर्गौला सम्बन्धि समस्या देखा परेको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फिर्ता भएकी थिइन् ।

तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । कलाकार दीपाश्रीले सामाजिक सञ्जालमार्फत मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएको जानकारी दिएकी छिन् ।

अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् ।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् ।


धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०८

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षणमा जादै

प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षणमा जादै

वि.सं.२०७८ साउन ४ सोमवार ०९:४६

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा...

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

वि.सं.२०७८ साउन ४ सोमवार ०९:३३

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन...

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७८ साउन २ शनिवार २०:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस...

दोलखाको चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु

दोलखाको चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु

वि.सं.२०७८ असार ३१ बिहीवार १४:४९

दोलखा सवाददाता  । दोलखामा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु...