मिसु श्रेष्ठद्वारा डिजाइन गरेका माक्स टोकियो ओलम्पिक २०२१ मा
shares

काठमाडौँ । टोकियो ओलम्पिक २०२१ मा नेपाली खेलाडीहरुले नेपालमा निर्मित ओलम्पिक लोगो अंकित माक्स पहिरिएका छन् । उक्त माक्स डिजाइनर मिसु श्रेष्ठले डिजाइन गरेका हुन् । माक्समा ओलम्पिकको लोगो संगै नेपालको झन्डा अंकित लोगो समाबेश गरेका छन् ।
उक्त लोगो अंकित माक्स केहि समय अघि रास्ट्रपति विद्या भण्डारीले समेत औपचारिक रुपमा सार्बजनिक गरेकी छिन् । नेपाली उत्पादनलाई ओल्मपिक कमिटीले प्रयोगमा ल्याएकोमा डिजाइनर मिसु श्रेष्ठले खुशी ब्यक्त गर्दै ओलम्पिक कमिटीलाई धन्यवाद दिईन ।
डिजाइनर श्रेष्ठले डिजाइन गरेका माक्स नेपाल लगायत अमेरिका, बेलायत , क्यानाडा , अस्ट्रेलिया , अफ्रिकन देश लगायत विश्वका विभिन्न मुलुकमा निर्यात भैरहेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको उक्त माक्स बेलायतबाट स्वास्थ्य मापदण्ड अनुसार अनुमोदन भइ ३ लेएर सहित पूर्ण रुपमा सुरक्षित तवरबाट बन्ने गरेको डिजाइनर श्रेष्ठले समय सान्दर्भिकलाई जानकारी गराएका हुन् ।
वि.सं.२०७८ साउन ८ शुक्रवार २३:०५