back

नेपालमा ‘डेल्टा प्लस’भन्दा नयाँ भेरियन्ट देखिएको छैन

1.16K
shares
sivam siment- long add

काठमाडौँ ।  नेपालभित्र भाइरसको उत्परिवर्तनबारे स्वास्थ्य मन्त्रालयले अहिलसम्म सार्वजनिक गरेको जानकारी अनुसार पछिल्लो समय देखिएको ‘डेल्टा प्लस’ भन्दा नयाँ भेरियन्ट नेपालमा फेला परेको छैन। त्यस हिसाबले पुरानै भेरिएन्ट अहिले फैलिने क्रममा रहेकोले संक्रमणमा भएको वृद्धि नयाँ लहरको सुरुवात भन्दा पनि पुरानै लहरको निरन्तरता हो। 

‘डेल्टा भेरिएन्ट’ फैलिन थालेसँगै नेपालमा कोरोनाको दोस्रो लहरको सुरुवात भयो। त्यसैअनुरुप वैशाख १६ गतेबाट देशभरका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरियो। त्यसरी लागू गरिएको निषेधाज्ञा अहिले खुकुलो बन्ने क्रममा रहेको छ। यसरी खुकुलो बन्दै गएको निषेधाज्ञासँगै व्यवसायका विभिन्न क्षेत्रहरू सञ्चालनमा आउनुका साथै मानिसको जमघट बढेको छ। त्यसै अनुसार ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भेरियन्टको संक्रमणले फेरि निरन्तरता पाएको हो।
 
डेल्टा भेरियन्ट कोरोना भाइरसका भेरियन्टमध्ये सबैभन्दा प्रभुत्वशाली सावित भएको छ। कोरोना भाइरसका अन्य भेरियन्टको संक्रमण भइरहेको ठाउँमा पनि ‘डेल्टा’ भेरिएन्ट हाबी हुँदै गएको छ। दक्षिणपूर्वी एसिया अमेरिकामा पछिल्लो समय देखिएको ‘डेल्टा’ भेरियन्ट संक्रमणको वृद्धि यसको उदाहरण हो। 

यसरी डेल्टा भेरियन्टको दबदबा संसारभर बढेर तेस्रो लहरको कारण बन्दै गर्दा नेपालमा भने दोस्रो लहरको कारण नै ‘डेल्टा’ भेरियन्ट भएको र त्यसभन्दा प्रभुत्वशाली भेरियन्ट विकास भएको वा प्रवेश गरेको नपाइएकाले तेस्रो लहर सुरु भएको भन्न मिल्दैन। त्यसैले अहिले बढेको संक्रमण निषेधाज्ञाले दबाएको दोस्रो लहरको निरन्तरता हो। 

नेपालमा ‘सेरोप्रिभ्यालेन्स’ (रोगप्रतिरोधात्क ‘एन्टिबडी’ विकास भएको जनसंख्याको अनुपात) बारे अध्ययन गरिएन। तर, कोरोना संक्रमण व्यापक नै भएको पछिल्ला तथ्याङ्कबाट अनुमान लगाउन सकिन्छ। एउटै भेरियन्टबाट पटक–पटक संक्रमित हुने सम्भावना कम नै रहन्छ। त्यसैले नयाँ भेरियन्ट नभएको अवस्थामा संक्रमण ठाडो अकालो नलाग्ला भन्ने अनुमान लगाउन सकिन्छ। पछिल्लो समय  संक्रमण नभएका र विशेषगरी खोप नपाएका मानिस अहिले अस्पताल भर्ना हुनुबाट पनि यस वृद्धिलाई दोस्रो लहरकै निरन्तरता भन्न सकिन्छ। 

यद्यपि, दोस्रो लहरमा डेल्टा भेरियन्ट भित्रिनु र फैलनुको मुख्य कारण चाडपर्व, जमघट र राजनीतिक भेला थिए। यी गतिविधि निषेधाज्ञा खुकुलो भएसँगै बढेकाले नयाँ भेरियन्ट भित्रिने वा विकास हुने अनि तेस्रो लहर निम्तिने सम्भावनालाई भने नकार्न सकिन्न। 

ime pay- long

ime pay- long
चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...