back

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, आज एकै दिन २५ जनाको मृत्यु

sivam siment- long add

काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । आज एकै दिन २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपलमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।

९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

वि.सं.२०७८ भदौ १५ मंगलवार २२:३७

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय...

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

वि.सं.२०७८ भदौ ९ बुधवार २२:२०

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने...

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ  बिहिवार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालनमा रोक

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ बिहिवार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालनमा रोक

वि.सं.२०७८ साउन २६ मंगलवार २१:०२

काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने...

कोभिशिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिकले ५ महिनापछि पाए  दोस्रो डोज

कोभिशिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिकले ५ महिनापछि पाए दोस्रो डोज

वि.सं.२०७८ साउन २५ सोमवार १७:१३

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका...

नेपालमा ‘डेल्टा प्लस’भन्दा नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा ‘डेल्टा प्लस’भन्दा नयाँ भेरियन्ट देखिएको छैन

वि.सं.२०७८ साउन २१ बिहीवार १९:३५

काठमाडौँ ।  नेपालभित्र भाइरसको उत्परिवर्तनबारे स्वास्थ्य मन्त्रालयले अहिलसम्म सार्वजनिक...