back

हिमाली १० जिल्लामा १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्काे खोप लगाइने

1.3K
shares
sivam siment- long add

काठमाडौं । सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो ।

यस्तै काभ्रे र चितवनमा २५ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका र बाँकी ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

देशभर असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

देशभर नै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवाका, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई पनि खोप दिइने छ । सबै जिल्लामा चिनियाँ खोप भेरोसेल लगाउन लागिएको हो ।  

ime pay- long

ime pay- long
चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

जाडो मौसममा छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ – मञ्जु कार्की पाण्डे सौदर्य बिज्ञ

जाडो मौसममा छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ – मञ्जु कार्की पाण्डे सौदर्य बिज्ञ

वि.सं.२०७९ माघ ४ बुधवार १९:३१

✍ मञ्जु कार्की पाण्डे, मेकअप आर्टिष्ट। जाडो मौसममा हावा र...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

वि.सं.२०७९ कात्तिक २८ सोमवार १६:१९

काठमाडौँ । लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ एल...