राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन
shares

दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयमा उच्च प्रविधि युक्त कक्षा संचालनमा आएको छ । कर्मयोगी राष्ट्रप्रेमी शिक्षाप्रेमी महावीर पुनको बिशेष सक्रियतामा राष्ट्रिय आविस्कार केन्दकाे सहयाेगमा उच्च प्रविधि युक्त कक्षा सञ्चालनमा आएको हो ।
राजकुलेश्वर आधारभूत विद्यालयमा तत्कालिन जिल्ला शिक्षा कार्यालयकाे सहयाेगमा ४ थान कम्प्युटर , १ थान फोर इन वोन फाेटाेकपी मेसिन, त्यसै गरि स्थानीय युवा शिक्षाप्रेमी सलिन श्रेष्ठको सहयाेगमा पुराना ल्यापटप उपलब्ध गराएका हुन् । डेनमार्क कर्मथलाे बनाएका झापाका सुमन नेपाल मार्फत २ थान कम्प्युटर र १ थान प्राेजेक्टर सहयाेग स्वरुप विद्यालयलाई प्रदान गरिएको छ। काेरियन बाक हाेयुङकाे सहयाेगमा १ थान ल्यापटप समेत सहयोग स्वरुप राजकुलेश्वर आधारभूत विद्यालयलाई प्रदान गरिएको छ।
स्वर्गीय नेता पशुपति चाैलागाईको क्षेत्र विकास काेषमार्फत ९ थान ब्राण्डेड कम्प्युटर र १ थान स्मार्ट टीभि विद्यालयलाई सहयोग स्वरुप उपलब्ध गराइएका हुन्। त्यसै गरि जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेकाे सहयाेगमा विद्यालयलाई १ थान फाेटाेकपी मेसिन उपलब्ध भएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रकाे सहयाेगमा आज महाविर पुनकाे लाइभ मन्तव्य सहित जिल्लाका शैक्षिक व्यक्तित्वकाे उपस्थितिमा उद्घाटन भएकाे थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठ, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पाैडेल, शिक्षा शाखा प्रमुख अर्जुन कार्की , वडाअध्यक्ष स्टालिन श्रेष्ठ र आविष्कार केन्द्र शिक्षा विभाग प्रमुख दृष्या गुरुङ, ई. इन्द्र वली, लुनिभा बज्राचार्यकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियो ।
कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक प्रकाश दाहालले गरेका थिए ।
उद्घाटन कार्यक्रम सम्पन्न भएपछि विद्यालयका शिक्षकहरुलाई ७ दिने प्रविधि तालिम आजबाटै सुरु गरेको छ । तालिममा भीम मा.वि. र बालमन्दिर प्रा.वि. का शिक्षकहरुकाे समेत सहभागिता रहेको थियो ।
वि.सं.२०७९ पुस २४ आइतवार २२:४९