back

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

1.03K
shares
sivam siment- long add

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गर्नुभएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

सो अवसरमा उहाँले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पु¥याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पु¥याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताउनु भयो ।

कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उहाँले यसतर्फ विशेष ध्यान पु¥याउनु पर्ने उल्लेख गर्नुभयो । कोभिड १९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पु¥याएको योगदानप्रति मन्त्र्री कार्कीले धन्यवाद व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी (ख्यीत्भ् ) सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराउनु भयो ।

उहाँले ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनुप¥यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन्’ भन्नुभयो । उहाँले यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने बताउनु भयो । कोभिडको समयमा पनि निरन्तर रुपमा सेवाहरु उपलब्ध गराइरहन सहयोग पु¥याउने सम्बन्धित निकायहरु र कर्मचारीवर्गलाई उहाँले धन्यवाद दिनुभयो ।

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताउनु भयो । उहाँले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गर्नुभयो ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी (ख्यीत्भ्) सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी गराउनु भयो ।

कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा रु. २९४ मा २० जीबी डाटा १० दिनसम्म, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म र रु. ६९ मा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक÷एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उहाँले बताउनु भयो ।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक तथा विगतका वार्षिकोत्सव कार्यक्रमहरुमा जस्तै आजको कार्यक्रममा पनि कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।


ime pay- long

ime pay- long
छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

वि.सं.२०८० जेठ २१ आइतवार ०९:३२

काठमाडौँ । छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम...

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

वि.सं.२०७९ पुस २४ आइतवार २२:४९

दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयमा उच्च प्रविधि युक्त कक्षा...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

वि.सं.२०७९ भदौ ६ सोमवार २२:१२

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु...

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

वि.सं.२०७८ चैत ४ शुक्रवार २१:४४

काठमाडौँ । नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर उपलब्ध...

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

वि.सं.२०७८ माघ १९ बुधवार १४:५८

काठमाडौं । नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको...

टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी

टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी

वि.सं.२०७८ भदौ २१ सोमवार २०:५१

काठमाडौँ । नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको...