back

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

2.5K
shares
sivam siment- long add

एजेन्सी । सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना भाइरस संक्रमणबाट बँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै सुन्दर बेहुली पहिरन तयार पारेका छन् ।

सोसल मिडिया साइट इन्स्टाग्राममा एक मोडेलको तस्वीरहरु भाइरल बनिरहेका छन् । ती मोडेलले बेहुली ड्रेस लगाएकी छिन् । सेतो रङको वेडिङ गाउनमा उनी निकै सुन्दर देखिन्छिन् । पहिरन निकै नै बहुमूल्य र उत्कृष्ट देखिन्छ । तर यदि जुम गरेर राम्रोसँग हेर्नेहो भने उक्त पहिरन मास्कलाई जोडजाड गरेर बनाइएको थाहा हुन्छ ।

डिजाइनर टम सिल्भरउडका अनुसार उक्त पहिरन तयार गर्नका लागि १५ सय वटा मास्कको प्रयोग भएको छ ।

जुलाई १९ मा बेलायतको पि|mडम डेको अवसरमा उक्त बेहुली पहिरन उनले सार्वजनिक गरेका थिए । मोडेल जेमिमा हेम्ब्रोले लण्डनस्थित सेन्ट पल क्याथेड्रलमा उक्त पहिरनसहित फोटोशूट गरेकी हुन् ।

टम सिल्भरउडको उक्त पहिरनलाई विवाह सम्बन्धी योजना तयार गरिदिने वेबसाइट Hitched ले लगानी गरेको छ । बेलायतमा लकडाउन सम्बन्धी बन्देजहरुलाई केही खुकुलो बनाइएको छ । त्यस्तोमा विवाहको रौनक पनि आउनेवाला छ । त्यसैले यो मास्कको बेहुली पहिरन निकै लोकप्रिय हुने देखिन्छ।

सोसल मिडियामा यो पहिरनको निकै तारिफ भैरहेको छ । मानिसहरुले फोहोरमा फ्याँकिने मास्कको यस्तो गज्जबको उपयोगलाई निकै मन पराएको देखिन्छ ।

ime pay- long

ime pay- long
लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश, सबै भन्दा दुखि अफगानिस्थान

लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश, सबै भन्दा दुखि अफगानिस्थान

वि.सं.२०७८ चैत ५ शनिवार २२:२२

काठमाडौँ ।  फिनल्याण्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी...

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

वि.सं.२०७८ साउन ८ शुक्रवार २१:५८

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहा’ई बसेका छन्...

६० दिन सुतेको २१ लाख उपहार

६० दिन सुतेको २१ लाख उपहार

वि.सं.२०७८ साउन ७ बिहीवार २२:२६

एजेन्सी । यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा...

लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

वि.सं.२०७८ जेठ १६ आइतवार २१:४६

दाङ । भोलि सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको...

इराकसँग नेपालको ६ -२ गोलले  पराजित

इराकसँग नेपालको ६ -२ गोलले पराजित

वि.सं.२०७८ जेठ १६ आइतवार १४:२२

काठमाडौं । इराक र नेपालबिच भएको मैत्रीपूर्ण खेलमा नेपालले...

दुईवटा खरबुजाको मूल्य ३० लाख

दुईवटा खरबुजाको मूल्य ३० लाख

वि.सं.२०७८ जेठ १६ आइतवार १४:००

एजेन्सी । जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल...