back

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

696
shares
sivam siment- long add

काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण परिवार क्लब ओन्दे टेकूमा सम्पन्न भएको छ । उक्त कार्यक्रम रत्नराज्यलक्ष्मी क्याम्पसको सुकुुन्दा साहित्य पाःलाः ले आयोजाना गरेको हो।

प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बजाचार्यले सुकुन्दा बालेर सुरु गरिएको कार्यक्रममा नेवाः विद्यार्थी युनियनका संस्थापक सदस्य मनिष मानवले करिब सत्र बर्षपछि सुकुन्दा बार्षिक पत्रिका प्रकाशनका साथै महाकवि गिरिजाप्रसाद जोशीको जन्म जयन्ती मनाउने कार्य सह्रानिय रहेको बताए । साहित्यबाट जनताहरुलाई उठाउने मात्रै कार्य गर्ने भएकाले उचित गाइड लाइनका लागि नेवारहरुले राजनीति गरेर हरेक मुद्धा सम्बोधन हुने तरिकाले राजनीति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशीले नेपाली जनताले हाम्रो देशको इतिहास राम्ररी नबुझीकन राजनीति गरिरहकाले देशमा ठूलो परिवर्तन पटक पटक भएता पनि परिवर्तनको खासै महसुस नभएकोले नेपालको राजनीतिलाई नेताहरुले सही ढंगले बुझेर जानु पर्ने आज आवश्यकता रहेको जनाए । नेवाः बस्ती नेवाः अभियान एवम् नेवाः विद्यार्थी युनियनका सल्लाहकार दिपक तुलाधरले अहिलेका युवाहरु पनि नेपालभाषा अभियानमा सकृय हुनुले मातृभाषा संरक्षणमा सहयोग पुगेको जनाउँदै साँखु नगरपालिकामा नेपालभाषा कक्षा अभियानमा महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशी समेत अभियानमा जोडिरहेको राम्रो पक्ष रहेको जनाउँदै महाकवि गिरिजाप्रसाद जोशीलाई श्रद्धाञ्जली व्यक्त गर्दै सुकुन्दा साहित्य पाःलालाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद एवम् बधाई दिए ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा एम.ए. तहको दोस्रो सेमेसटरमा उत्कृष्ट अंक ल्याएका क्रिता बज्राचार्य, दिलकुमारी महर्जन, सुमितदास रञ्जित अर्जुन नेपाःमि, रमिता बज्राचार्यले कविता वाचनका साथै नरेनमान महर्जन र मिनर्वा शाक्य बज्राचार्यले राजामति सुमति संयुक्त रूपमा गाउनुका साथै संजिव महर्जनले गायन प्रस्तुत गरिएको थियो भने कार्यक्रमका अतिथि योगेन्द्र राजकर्णिकार, अनुपसिंह सुवाल, जनगायक चन्द्र बहादुर (माइला दाई) ले जनतालाई उठाउने महाकवि गिरजाप्रसाद जोशी शब्द रहेको गीत प्रस्तुत गरिएको थियो ।

सुकुन्दा साहित्य पाःलाःका सचिव तथा कार्यक्रमका संयोजक रिदेन महर्जनले नेपाल सरकार, स्थानीय सरकार तथा जनस्तरले समेत महाकवि गिरिजाप्रसाद जोशीको जन्मजयन्ती मनाउनुमा कन्जुस्याइ गरेको जनाउदै सञ्चालन गरिएको कार्यक्रममा अतिथि मदनसेन बज्राचार्यले महाकवि गिरिजाप्रसाद जोशी एक सशक्त जन साहित्यकार भएको जनाए । महाकविको साहित्यिक कृतिको अध्ययन गर्दा शोषण उत्पीडन दमनले कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रस्तुत गरिएकाले अन्य अप्रकाशित कृति प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

अतिथि अनुपसिंह सुवालले महाकवि गिरिजाप्रसाद जोशीको करिब ६९ वटा कृति मात्रै नभई सो भन्दा बढि एक बोरा जति म्यानूस्क्रीप्ट कृति रहेको तथा सो मध्ये १५ कृति प्रकाशित हुन बाँकी रहेको जनाउँदै तात्कालिन पन्चायतकाल राजाको दमनबाट दुखः सास्ती भोग्न बाध्य भएका महाकवि गिरिजाप्रसाद जोशीको विश्वविध्यालय जनबादी गायक चन्द्रबहादुर (माइला दाई) रहेकाले महाकविलाई जिवित तुल्याउने हो भने उहाँको गीतलाई अरक्राइब गर्नेपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बर्जाचार्यले सिथिल अवस्थामा पुगेको साहित्यिक कार्यक्रम गरेर पुनः जीवन दिएकोमा आयोजना टिम लगायत सम्पूर्ण अभियान्तालाई धन्यवाद दिदै अन्य साहित्यकारको पनि उच्च कदर गर्दै कार्यक्रमको आयोजक सुकुन्दा साहित्य पाःलाले गर्ने आशा व्यक्त गरे । सभापति प्रशान्त डंगोलले नेपालभाषा क्षेत्रमा नेपाली साहित्यकार भन्दा धेरै पुराना अग्रज साहित्यकार, विद्वान तथा अनुसन्धान कर्ताहरुको योगदानको उचित मुल्यांकन समयमै हुन नसक्दा धेरै नेपालभाषा क्षेत्रका व्यत्तित्वहरु गुमरामा पर्न बाध्य भएको जनाए ।

नेपालभाषा क्षेत्रमा धेरै संघसंस्थाहरु भएता पनि बहुप्रतिभाका धनी महाकवि गिरिजाप्रसाद जोशीको सम्झनामा जन्म जयन्ती नमनाएको प्रति खेद प्रकट गरे । सुकुन्दा साहित्य पाःलाःले महाकविको जन्म जयन्ती मनाएर नयाँ कार्यको निरन्तरताको लागि नयाँ पिढिहरुलाई कार्यक्रम गर्न आग्रह गरेर समापन गरेको थियो ।

ime pay- long

ime pay- long
सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

वि.सं.२०७९ फागुन १७ बुधवार २१:११

काठमाडौं । जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको...

सुकुन्दा साहित्य पालाको पत्रिका लोकार्पण सम्पन्न

सुकुन्दा साहित्य पालाको पत्रिका लोकार्पण सम्पन्न

वि.सं.२०७९ पुस ३ आइतवार १७:३९

काठमाडौं । काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाले...

भूपि काव्य पुरस्कार मुक्तककार उषा शेरचनलाई

भूपि काव्य पुरस्कार मुक्तककार उषा शेरचनलाई

वि.सं.२०७९ मंसिर २७ मंगलवार २२:३७

काठमाडौँ । यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा...

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

वि.सं.२०७९ असोज ३१ सोमवार १०:४६

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक...

लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले फरैनाको घुम्टो उघारे

लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले फरैनाको घुम्टो उघारे

वि.सं.२०७९ भदौ २४ शुक्रवार १८:२७

काठमाडौँ । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी पर्यटन...