back

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

1.31K
shares
sivam siment- long add

काठमाडौं । नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको छ। नूर–गङ्गा प्रतिभा पुरस्कार मैतिदेवीले आज एक समारोहको बीचमा नेपालका उत्कृष्ट बाल साहित्यका स्रष्टा, बाल साहित्य नवप्रतिभा र लोक गायन गरी चार विधाका प्रतिभाशाली व्यक्तित्वहरूलाई उचित मूल्यांकनका साथ नगद सहित सम्मानपत्रले २०७९ बाल साहित्य पुरस्कारले पुरस्कृत गरेको छ ।

गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमा रहनुभएको थियो । विशेष अतिथिको रूपमा सोही गुठीका संरक्षक श्री अमीरप्रताप ज.व.रा. हुनुहुन्थ्यो । साथै उक्त समारोहमा पूर्व अध्यक्ष चूडामणि बन्धु रहनुभएको थियो । त्यसैगरी आजका अतिथिकै रूपमा सम्मानित गरिने व्यक्तित्वहरू बाबुहरि ज्ञवाली, प्रा.डा. तुलसीप्रसाद पाठक, प्रा.डा. विनोदकुमार श्रेष्ठ, यज्ञप्रसाद शर्मा पोखरेल, जानुकादेवी राणा र विदुषी राणा हुनुहुन्थ्यो ।नूर गङ्गा प्रतिभा पुरस्कार गुठीक २०४९ सालमा लोकगायिका गङ्गा राणा र समाजसेवी तथा साहित्य, सङ्गीत र संस्कृतिका मर्मज्ञ नूरप्रताप जबराको सक्रियतामा स्थापना भएको थियो ।

राष्ट्रियगानबाट प्रारम्भ भएको आजको कार्यक्रममा प्रा.डा. भवेश्वर पंगेनीको स्वागत मन्तव्य पछि प्रमुख अतिथि प्रा. केदारभक्त माथेमाद्वारा पानसमा दीप प्रज्वलन गरी श्रद्धेय नूरप्रताप ज.व.रा. र गङ्गादेवी राणाको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम अगाडि बढाइएको थियो ।

नूर गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले २०७९ सालका पुरस्कारहरुका निम्ति प्रतिभाहरूको चयन गरेर २०४९ सालमा लोकगायिका गङ्गा राणा र समाजसेवी तथा साहित्य, सङ्गीत र संस्कृतिका मर्मज्ञ नूरप्रताप जबराको सक्रियतामा स्थापित गुठीले स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार दिने घोषणा यसभन्दा अघिनै असार १५ गतेको निर्णयले गरिसकेको थियो।

पुरस्कृत व्यक्तित्वहरूको प्रतिभा परिचय र जानकारी प्रा.डा. ध्रवकुमार घिमिरे र नारायण रायमाझीले दिनुभएको थियो । सोही अनुरुप राष्ट्रिय बाल साहित्यमा उत्कृष्टमा पर्नुभएका स्रष्टाद्वय गेहेन्द्रमान उदास (पोखरेली) कास्की र कन्हैया नासननी काठमाडौँलाई जनही ५०/५०हजारका दरले नगद सहित सम्मानपत्रले पुरस्कृत गरिए । त्यसैगरी क्षेत्रीय स्थापित लोकगायन प्रतिभा पुरस्कार रू. ३० हजार पुष्कल शर्मा पाल्पालाई, राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार रू.२५ हजार रामकुमार नेपाली रामेछापलाई र क्षेत्रीय नवप्रतिभा बाल साहित्य पुरस्कार रू. २० हजार आयुष्मा तिवारी नवलपरासीलाई अर्पण गरिएको थियो ।

करीब १७० जनाको सहभगितामा भएको आजको सो कार्यक्रममा सम्मानित व्यक्तिहरूले आ–आफ्ना विचार भाव व्यक्त गरेका थिए भने लोक गायनमा उत्कृष्ट ठहरिएका पुष्कल शर्मा पाल्पाली र रामकुमार नेपाली रामेछापेलीले बिना संगीत नै गीत सुनाएका थिए । रामकुमार नेपालीले असारे भाकामा चार पंक्ति गीत सुनाउदा सभाकक्ष तालीले गुञ्जायमान भएको थियो । त्यस्तै पुष्कल शर्माको पश्चिमेली गीत पनि रोचकमय रहेको थियो । त्यसैगरी आज बाल साहित्यमा उत्कृष्टमा पर्नुहुने एक स्रष्टा सर्जक गेहेन्द्रमान उदासज्यूले आफुले रचेका केही कविताका अंशहरू सुनाउनु भएको थियो ।

कार्यक्रमको अन्तमा प्रमुख अतिथि प्रा. केदारभक्त माथेमाज्यूले आफ्नो मन्तव्यको क्रममा सो समारोह अत्यन्तै उत्साहजनक उपस्थितिको बीचमा रहेको पाउँदा आफु प्रसन्न रहेको बताउनु भयो । साथै उहाँले सम्मानित र पुरस्कृत व्यक्तित्वहरूको लगानशीलता प्रति खुसी व्यक्त गर्नुहुँदै बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

ime pay- long

ime pay- long
युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

वि.सं.२०८० असोज २५ बिहीवार २०:५८

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा...

चार मुक्तक

चार मुक्तक

वि.सं.२०८० साउन १९ शुक्रवार २३:२८

–✍बिके पासा द्रव्यदान दिनेभन्दा ठूलो क्षमादान जस्तो लाग्छ,शब्दवाण दिनुभन्दा...

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

वि.सं.२०८० असार २१ बिहीवार २२:५२

बिके पासा, काठमाडौँ । नेपाल अधिराज्यका विभिन्न भाषाका बालवार्ता...

असारे गीत

असारे गीत

वि.सं.२०८० असार १५ शुक्रवार ११:२२

✍ बिके पासा असारे झरि धर्क्याे वरिपरि बस्ती खेत...

सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार ०८:४७

काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण...