back

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

504
shares
sivam siment- long add

बिके पासा, काठमाडौँ । नेपाल अधिराज्यका विभिन्न भाषाका बालवार्ता संकलन गरी पुस्तक प्रकाशनको तैयार गरेर एउटा ऐतिहासिक कार्यनीति दर्शाउने पहलमा जुटिरहेको कुरा अक्षर सदनका अध्यक्ष प्राध्यापक चूडामणि बन्धुले बताएका हुन् । ‘नेपालका विभिन्न भाषा र क्षेत्रका बालवार्ताको संकलन तथा प्रस्तुतिका सन्दर्भ’ मा आयोजित राष्ट्रिय बालवार्ता कार्यशालामा उक्त जानकारी दिइएको हो ।

‘मानव समाजमा मान्छे भएर जन्मेपछि सबभन्दा प्यारो समय बाल्यावस्था हो,’ अक्षर सदनका अध्यक्ष तथा लोकवार्ताविद् प्राध्यापक चूडामणि बन्धुले भने, ‘भ्रुण गर्भमा रहेदेखि उत्सवको तयारी गरिन्छ । जन्मेपछि शिशुले जुन बेलादेखि प्रतिक्रिया जनाउँछ, व्यवहार गर्न थाल्छ, त्यसपछि बालवार्ता सुरु हुन्छ ।’ अहिले विज्ञान र प्रविधिले अकल्पनीय ढंगले सामाजिक परिवर्तन ल्याएको तर नेपाली परम्परागत समाजमा हुँदै आएका बालबालिकाको संज्ञानवार्ता ओझेलमा परेको उनले बताए ।

प्राध्यापक बन्धुले लोकवार्तामा भौतिक र अभौतिक विषय आउने बताए । ‘नेपाली समुदायमा कृषि परम्पराबाट बनेका बालवार्ता कसरी परिवर्तन हुँदैछ भनेर पुनःस्मरण गर्न जरुरी छ,’ भाषाशास्त्रीसमेत रहेका बन्धुले भने, ‘हामीले नेपाली साहित्य फाँटमा बालवार्ताको महत्त्वलाई बुझाउन नसक्दा हाम्रो परम्परा छायाँमा परेको छ ।’ बालवार्ता : सङ्कलन तथा प्रस्तुति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक बन्धुले बालवार्ताका विभिन्न विधाअन्तर्गत बाललेख, बालकविता/बालगीत, बालकथा, गाउँखाने कथा, चुट्किला, अनुरचना, तुक्तक, बालबोली रहेको चर्चा गरेका छन् । बालबालिकाले आफू हुर्केको परिवार, खेल्दाका साथीहरू र छरछिमेक तथा स्कुलको वातावारणबाट प्रभावित बालविकासका विभिन्न चरण हुन्छन् । त्यसमा बालबालिकाले प्रकट गर्ने व्यवहारलाई बालवार्ताका रूपमा संकलन र प्रकाशन गर्ने जनाइएको छ ।

गोष्ठीको बारेमा प्रकाश पार्दै स–साना बालबालिका बीचमा हुने कुराकानी, चुटकिला, गाउँखाने कथा, लोक कथा, बाल कविता, बाल गीत, नयाँ अनुरचनाहरू सम्बन्धी पहिलेको तुलनामा धेरै नै लोप हुँदै गएको र विदेशी तथा आयातीत भाषाका कारण आफ्ना मौलिक भाषाहरू तितरबितर हुँदै गईरहेकोमा दुःखद अनुभूति भएको अध्यक्ष बन्धुले बताए ।

यसै सिलसिलामा ती कुराहरूलाई ताजा स्मरण गराउनाका लागि यो बालवार्ता संकलन गर्ने अभियान चलाउन लागेको तर्क राख्दै बालबालिकालाई अभिभावकले विशेष गरेर आमाले बच्चाबच्चीलाई खेलाउँदा, सुताउँदा, नुहाइदिँदा, हिँडाउँदा, पढाउँदा आदि ईत्यादि व्यावहारिक कार्य गर्दा र गराउँदा प्रयोग हुने शब्दहरूले बनेको लोरी, उखान, कथा, गीत, तुक्काहरूलाई समेटेर एउटा सिङ्गो पुस्तक बनाउने लक्ष रहेकोले नेपाल अधिराज्य भित्रका विभिन्न जातजातिका भाषाभाषीलाई सो पुस्तकमा समावेश गर्ने कुरा प्रस्तुत गरिएको थियो ।
‘मानव समाजमा मान्छे भएर जन्मेपछि सबभन्दा प्यारो समय बाल्यावस्था हो,’ अक्षर सदनका अध्यक्ष तथा लोकवार्ताविद् प्राध्यापक चूडामणि बन्धुले भने, ‘भ्रुण गर्भमा रहेदेखि उत्सवको तयारी गरिन्छ । जन्मेपछि शिशुले जुन बेलादेखि प्रतिक्रिया जनाउँछ, व्यवहार गर्न थाल्छ, त्यसपछि बालवार्ता सुरु हुन्छ ।’ अहिले विज्ञान र प्रविधिले अकल्पनीय ढंगले सामाजिक परिवर्तन ल्याएको तर नेपाली परम्परागत समाजमा हुँदै आएका बालबालिकाको संज्ञानवार्ता ओझेलमा परेको उनले बताए ।

प्राध्यापक बन्धुले लोकवार्तामा भौतिक र अभौतिक विषय आउने बताए । ‘नेपाली समुदायमा कृषि परम्पराबाट बनेका बालवार्ता कसरी परिवर्तन हुँदैछ भनेर पुनःस्मरण गर्न जरूरी छ,’ भाषाशास्त्रीसमेत रहेका बन्धुले भने, ‘हामीले नेपाली साहित्य फाँटमा बालवार्ताको महत्वलाई बुझाउन नसक्दा हाम्रो परम्परा छायाँमा परेको छ ।’

‘बालवार्ता सङ्कलन तथा प्रस्तुति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक बन्धुले बालवार्ताका विभिन्न विधाअन्तर्गत बाललेख, बालकविता र बालगीत, बालकथा, गाउँखाने कथा, चुट्किला, अनुरचना, तुक्तक, बालबोली रहेको चर्चा गरेका छन् । बालबालिकाले आफू हुर्केको परिवार, खेल्दाका साथीहरू र छरछिमेक तथा स्कुलको वातावारणबाट प्रभावित बालविकासका विभिन्न चरण हुन्छन् । त्यसमा बालबालिकाले प्रकट गर्ने व्यवहारलाई बालवार्ताका रूपमा संकलन र प्रकाशन गर्ने जनाइएको छ ।

कार्यशालामा नेपाली, रानाथारु, मैथिली, नेपालभाषा (नेवारी), दोलखाली नेवारी, डोट्याली, वाम्बुले, थकाली, बजिका, तामाङ लगायत भाषाका अध्यताले आफ्नो विषय प्रस्तुत गरेका थिए । अक्षर सदनका सचिव ध्रुवकुमार घिमिरे, डिल्लीरमण पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठ, बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, उपाध्यक्षद्वय प्राध्यापक कविल लामिछाने र विजयराज न्यौपाने, प्राध्यापक जीवेन्द्रदेव गिरी, प्राध्यापक साबित्री मल्ल कक्षपती, प्राध्यापक ध्रुब भट्टराई, प्रभा भट्टराई, तेजप्रकाश श्रेष्ठलगायतले बालवार्ताबारे चर्चा गरेका थिए । साथै नेपाल बालसाहित्य समाजका आजीवन सदस्य दोलखाली साहित्यकार अमरकुमार प्रधान र दोलखाली पत्रकार बालकृष्ण श्रेष्ठको पनि उपस्थिति थियो ।

उक्त कार्यशाला गोष्ठीमा उपस्थित सदस्यहरूले ध्रुव घिमिरेले बाल चुटकिला (नेपाली भाषा), बासु लामा बाल खेलगीत (तामाङ भाषा), सावित्री कक्षपति बालगीत (उपत्यका नेवारी), दिव्यश्वरी बाल गीत (डोटेली भाषा), जीवेन्द्र गिरी गाउँ खाने कथा (तराइ भाषा), प्रभा भट्टराई बाल गीत (पश्चिमेली भाका), शान्ति सापकोटा बाल लोकगीत (तराइ भाकामा), अमर प्रधान र बालकृष्ण पासाबाट बाल गीत तुक्का (दोलखाली नेवार भाषा) लगायत यस पुस्तकमा तामाङ भाषा, बज्जिका भाषा, मैथिली भाषामा बालबालिकामा प्रयोग हुने विभिन्न विधा समावेश गरिने कुरा अक्षर सदनका सचिव ध्रुव घिमिरेले बताएका छन् ।

राष्ट्रिय बालवार्ता कार्यशाला गोष्ठी नेपालका विभिन्न भाषा र क्षेत्रका बालवार्ताको संकलन प्रस्तुतिका सन्दर्भमा अक्षर सदनले आयोजना गरेको थियो भने यस कार्यक्रमलाई नेपाल बालसाहित्य समाज र डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयले सह–आयोजना गरेको थियो ।

ime pay- long

ime pay- long
चार मुक्तक

चार मुक्तक

वि.सं.२०८० साउन १९ शुक्रवार २३:२८

–✍बिके पासा द्रव्यदान दिनेभन्दा ठूलो क्षमादान जस्तो लाग्छ,शब्दवाण दिनुभन्दा...

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

वि.सं.२०८० असार १६ शनिवार २०:२९

काठमाडौं । नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको...

असारे गीत

असारे गीत

वि.सं.२०८० असार १५ शुक्रवार ११:२२

✍ बिके पासा असारे झरि धर्क्याे वरिपरि बस्ती खेत...

सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार ०८:४७

काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण...

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

वि.सं.२०७९ फागुन १७ बुधवार २१:११

काठमाडौं । जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको...