back

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

894
shares
sivam siment- long add

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ । लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् ।

‘अर्को कर्नाली’ सङ्ग्रहमा साहित्यकार डा. नेत्र एटमले भूमिका लेखेका छन् । भूमिकाको क्रममा उनले लेखेका छन् “युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।”

डुम्रिबेसी, तनहुँमा जन्मिएका युवराज भण्डारी अहिले टोरन्टो, क्यानडामा रहेर आजीविका चलाउँदै नेपाली भाषा साहित्य सिर्जनामा सक्रिय छन् । पेसाले इन्जिनियर भण्डारीका कल्पतरु, कान्तिपुर, गोरखापत्र, शाल्मलि, मधुपर्क, वैजयन्ती,  फित्कौली, मुक्तक सागर, नागरिक दैनिक, साहित्य पोस्ट, समकालीन साहित्यलगायतका पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् ।

कवि भण्डारीको ‘अर्को कर्नाली’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य मूल्यः रु. २९० रहेको छ ।

ime pay- long

ime pay- long
चार मुक्तक

चार मुक्तक

वि.सं.२०८० साउन १९ शुक्रवार २३:२८

–✍बिके पासा द्रव्यदान दिनेभन्दा ठूलो क्षमादान जस्तो लाग्छ,शब्दवाण दिनुभन्दा...

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

वि.सं.२०८० असार २१ बिहीवार २२:५२

बिके पासा, काठमाडौँ । नेपाल अधिराज्यका विभिन्न भाषाका बालवार्ता...

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

वि.सं.२०८० असार १६ शनिवार २०:२९

काठमाडौं । नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको...

असारे गीत

असारे गीत

वि.सं.२०८० असार १५ शुक्रवार ११:२२

✍ बिके पासा असारे झरि धर्क्याे वरिपरि बस्ती खेत...

सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार ०८:४७

काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण...