back

४ गजल गजलकार बालकृष्ण श्रेष्ठका

साहित्यकार: बालकृष्ण श्रेष्ठ

कतै कतै मन

………………………………………………………..

कतै कतै मन नि बहकिन सक्ला याद गर
जताततै धन खस्किन सक्ला ख्याल गर ।

ए तेरो बाउको सम्पत्ति हो र नभन्नु है कतै
हेर्दाहेर्दै अझै भत्किन सक्ला स्याहार गर ।

अगाडि देखेको जत्ति मेरै हो भन्ने नठान्नु
बलिया खम्बा ढल्किन सक्ला ध्यान गर ।

धन पराया तन आफ्नो भनेर जान्नु जाति
भारी वृक्ष पनि लच्किन सक्ला आँट गर ।

सम्पत्ति नै संसार नहोला सबको नजरमा
सभ्य आफू भए चम्किन सक्ला प्यार गर ।

……………………………………………………………

गर्छौ डाहा ईर्ष्या किन

सक्छौ आफू गर दान धर्म खुलेर
गर्छौ डाहा ईर्ष्या किन दम्भ फुकेर ।

अर्बुद रोग मधुमेह क्षयरोग बनाइ
लोभ गर्छौ किन खाली घाट कुरेर ।

अरुले चढेको घोडाको लगाम हेरी
उक्लिन खोज्छौ अनेकौं जाल बुनेर ।

माग्न नै चाहन्छौ भने माग प्रेम दया
आँखा गाड्नु किन त आगोमा सुतेर ।

सन्तान एउटै पनि भन्छौ अरु सामु
धनीको पगरी बेर्छौ दाजुभाइ लुटेर ।

सक्छौ आफू गर दान धर्म खुलेर
गर्छौ डाहा ईर्ष्या किन दम्भ फुकेर ।

……………………………………………………

खाली ओली र दाहालको पछि

कम से कम देशभक्त नारा लाईदिए हुन्थ्यो
नेपालीको मनस्पर्शी गाना गाईदिए हुन्थ्यो।

खाली ओली र दाहालको पछि लाग्छौ किन
ती जमातहरु विकास साथ आईदिए हुन्थ्यो ।

दुई उद्दण्डका मात्रै होइन क्यारे यो मार्गहरु
यस्ता कुरा आसेपासेले थाहा पाईदिए हुन्थ्यो ।

कत्ति पनि मन नदुख्ने आफ्नो माटोको लागि
ती साहस र ताकत धरतीमा छाईदिए हुन्थ्यो ।

दुर्गन्धित छ भनी जान्दाजान्दै जानु किन हुलमा
त्यस्ता फोहरी राजनीतिलाई उडाईदिए हुन्थ्यो ।

–––––––––––––––––––––––––––––––––––

भरिखल्ती धन चाहिन्छ

जिउनको लागि स्वस्थरुपी तन चाहिन्छ
हिंड्नको लागि भरिखल्ती धन चाहिन्छ ।

साथीहरु त सडक बाटोमा भेटिन्छ कति
मिल्नको लागि आस्था पूर्ण मन चाहिन्छ ।

कठोर हुदैमा सबैकुरा प्राप्त हुन्न कहिल्यै
पिट्नको लागि फलामलाई घन चाहिन्छ ।

एकल रुखले दिंदैन सदाबहार हरियाली
टिक्नको लागि हराभरयुक्त बन चाहिन्छ ।

मुखको भरमा मात्रै विकसित हुदैनौं स्वयं
चिन्नको लागि आफूभित्र लगन चाहिन्छ ।

––––––––––––––––––––––––––––––––––
भीमेश्वर नपा–२, दोलखा अभयपुर । हाल : जोरपाटी, काठमाडौं ।


शिल्पा शेट्टीका श्रीमान्  राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२१

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको...

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

वि.सं.२०७८ साउन ४ सोमवार २२:११

काठमाडौं– मिडिया एण्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयूक्त प्रस्तुतिमा...

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

वि.सं.२०७८ साउन ४ सोमवार २१:५८

काठमाडौँ । काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने भएको...

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१  हुदै

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ हुदै

वि.सं.२०७८ साउन ४ सोमवार १९:५१

काठमाडौँ । मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा:...