रिजाल र शेरचनलाई वानीरा पुरस्कार
shares

काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु १ लाख छ ।
यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई रु ५० हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।
डा. वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेशन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
वि.सं.२०७८ चैत ५ शनिवार २२:३७