प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त
shares

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् निर्णायले उनलाई प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको चार दिनमै पाँचजना प्रतिस्पर्धीलाई पछि पारि कुँबर(आईजी) बनेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए ।
धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन्।
काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले उनलाई आइजीपी बनाएको छ ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ ।
वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१