back

जाँदाजाँदै प्रधानमन्त्री ओलीको घोषणा : बादल हटाएर फेरि सूर्य उदाउने छ

काठमाडौँ  । सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले मुलुक, जनता र संबिधानबिरुद्ध भइरहेको सवै खाले षडयन्त्रलाई एमालेले चकनाचुर पार्ने र समृद्धिको यात्रालाई कसैबाट पनि कमजोर पार्न नदिनका लागि निरन्त्र खवरदारी गर्ने घोषणा पनि गर्नुभयो । उहाँले सवैखाले षडयन्त्रबिरुद्ध आफू र आफ्नो दल एमाले चट्टान बनेर खडा हुने घोषणा पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी पनि दिनुभयो । आफ्नो नेृतत्वको सरकारले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी राखेको उहाँको भनाई थियो । ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको र भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै अमेरिकबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको प्रधानमन्त्रीको भनाई थियो ।

 

 


निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

वि.सं.२०७८ साउन ७ बिहीवार २१:१२

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै...

जनार्दन शर्मा मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ : प्रधानमन्त्रि देउवा

जनार्दन शर्मा मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ : प्रधानमन्त्रि देउवा

वि.सं.२०७८ साउन ६ बुधवार १९:१७

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा...

कांग्रेस सांसद डा. सिंहद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

कांग्रेस सांसद डा. सिंहद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

वि.सं.२०७८ साउन ६ बुधवार १८:५७

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले प्रतिनिधि...

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटारमा

वि.सं.२०७८ साउन ६ बुधवार १८:३१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले...

कांग्रेसमा मन्त्री बन्न दौडधुप, थोरै मन्त्रालय धेरै आकांक्षी

कांग्रेसमा मन्त्री बन्न दौडधुप, थोरै मन्त्रालय धेरै आकांक्षी

वि.सं.२०७८ साउन ५ मंगलवार २३:२६

काठमाडौं । पाँच वर्ष प्रतिपक्षमा बस्ने मानसिकतासहित प्रतिनिधिसभामा प्रवेश...

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त

वि.सं.२०७८ साउन ४ सोमवार २१:११

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा....