back

प्रधानमन्त्रीद्वारा खोप अभियान शुभारम्भको ब्यानरमा एक महिना अघिको मिति भएपछि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गर्नुभएको हो ।

उक्त कार्यक्रमको ब्यानरमा एक महिना अघिको मिति राखिएको छ । ब्यानरको मितिमा २०७८ असार ४ गते लेखिएको छ । तर आज साउनको ४ गते हो । 

कार्यक्रम आयोजना गर्दा यस्तो सानो कुरा भनेर ध्यान नदिएको देखिन्छ । तर प्रधानमन्त्री तथा उच्च पदस्थहरु उपस्थित भएको कार्यक्रममा यस्तो एक महिना अघिको मिति राख्नु शोभनीय भने पक्कै हुँदैन । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभएको थियो । अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई  खोप लगाइने जानकारी दिनुभयो ।  


निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

वि.सं.२०७८ साउन ७ बिहीवार २१:१२

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै...

जनार्दन शर्मा मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ : प्रधानमन्त्रि देउवा

जनार्दन शर्मा मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ : प्रधानमन्त्रि देउवा

वि.सं.२०७८ साउन ६ बुधवार १९:१७

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा...

कांग्रेस सांसद डा. सिंहद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

कांग्रेस सांसद डा. सिंहद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

वि.सं.२०७८ साउन ६ बुधवार १८:५७

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले प्रतिनिधि...

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटारमा

वि.सं.२०७८ साउन ६ बुधवार १८:३१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले...

कांग्रेसमा मन्त्री बन्न दौडधुप, थोरै मन्त्रालय धेरै आकांक्षी

कांग्रेसमा मन्त्री बन्न दौडधुप, थोरै मन्त्रालय धेरै आकांक्षी

वि.सं.२०७८ साउन ५ मंगलवार २३:२६

काठमाडौं । पाँच वर्ष प्रतिपक्षमा बस्ने मानसिकतासहित प्रतिनिधिसभामा प्रवेश...

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त

वि.सं.२०७८ साउन ४ सोमवार २१:११

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा....