back

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

sivam siment- long add

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।

कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए । अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक-पटक आग्रह गरेका थिए ।

तर, ओलीले प्रतिस्पर्धा प्रक्रियाको बहाना बनाएर घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए । तर, शाक्यलाई भने ओलीले कुनै प्रतिस्पर्धा नै नगराई सोझै नियुक्ति दिएका थिए । नयाँ सरकार बनेपछि नै प्रचण्डले कुलमानलाई पुनः प्राधिकरणमा गएर काम गर्ने तयारी थाल्न भनेको स्रोतले बतायो ।

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:३०

काठमाडौं । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:१८

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज...

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तिन किलो बढी...