back

संघीय संसदकाे दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै

sivam siment- long add

काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नु भएको हो ।

बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची छन् । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।

प्रतिनिधिसभाको आजको  कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने भनिएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ ।

एमालेसँग छलफलबिनै दल टुक्र्याउने अध्यादेश टेबल गरे संसद् अवरोध हुने सम्भावना छ ।  गएको साउन ३२ गते सरकारले अधिवेशन अन्त्य गरेको थियो । त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

ime pay- long

ime pay- long
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:३७

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी)...

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:५३

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसदमा...

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:१४

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र...

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

वि.सं.२०७८ भदौ २६ शनिवार ०८:३९

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी...

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:३६

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित देशकाे पर्यटन...