back

हामीले एमसीसी अघि बढाउन खोजेकै हो, सभामुखका कारण रोकियो– ओली

sivam siment- long add

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा आज बिहीवार दिउँसाे भएको भेटमा एमसीसी अघि बढाउने विषयमा छलफल भएको थियो ।

भेटमा उपाध्यक्ष सुमारले एमसीसी अघि बढाउने विषयमा चासो राखेपछि अध्यक्ष ओलीले आफू सरकारमा हुँदा एमसीसी अघि बढाउन खोजेको स्मरण गराउँदै अब यो विषय नयाँ सरकारमा भर पर्ने बताउनुभएको थियो ।

ओलीले दुई देशबीचमा भएका सम्झौता पालना हुनुपर्छ भन्ने मान्यताअनुसार आफ्नो पालामा एमसीसी परियोजनाको प्रावधान संसदमा लगिसकेको बताउनुभएको थियो । 

‘एमालेभित्रै केही रिजर्भेसन रहँदा रहँदै पनि हामीले अघि बढाउने कोसिस गरेकै हो, संसदमा टेबुल गरिसकेका थियो, केबल सभामुखलगायत केही व्यक्तिकाे भूमिकाका कारण अघि बढ्न सकेन, तर अहिले हामी प्रतिपक्षमा छौँ, हाम्रो भूमिका फरक भएको छ, यो विषयमा सत्ताधारी दलले पनि हामीसँग छलफल गरेका छैनन्, अब के हुन्छ भन्ने भूमिका सरकारकै धेरै छ। 

एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाले नेपालको विकासका लागि महत्त्व दिएर एमसीसी परियोजना अघि बढाए पनि विवाद आउनु दुःखद रहेको बताउनुभएको थियो । एमसीसी नितान्त विकास निर्माणको परियोजना रहेको भन्दै सुमारले यसको विरोध नभएको भए राम्रो हुने कुरा बताउनु भयो ।

ime pay- long

ime pay- long
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:३७

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी)...

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:५३

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसदमा...

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:१४

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र...

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

वि.सं.२०७८ भदौ २६ शनिवार ०८:३९

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी...

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:३६

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित देशकाे पर्यटन...