back

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

sivam siment- long add

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम घोषणा गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रलाई छुट तथा सहुलियत सहित विभिन्न किसिमका पूर्वाधार निर्माण तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको हो ।

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकरसम्बन्धी विशेष छुट सहुलियत दिइने जनाइएको छ । नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न धार्मिक सङ्ग्रहालय स्थापना गरिने बजेटमा व्यवस्था गरिएको छ ।

राष्ट्रिय महत्त्वका आयोजना तथा उद्योगमार्फत रोजगारी प्रदान गर्नुका साथै उद्योगमा स्वदेशी कच्चा पदार्थको उपयोग गरिने बजेटमा व्यवस्था गरिएको छ । 

राष्ट्रिय महत्त्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योगमा प्राेत्साहनकाे व्यवस्था गरिएकाे छ । 

यस्तै पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा ३०० जनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा गरिने लगानीलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ । 

ime pay- long

ime pay- long
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:३७

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी)...

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:५३

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसदमा...

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:१४

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र...

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

वि.सं.२०७८ भदौ २६ शनिवार ०८:३९

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी...

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:२७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा...