back

उम्मेदवारलाई आयोगको निर्देशन चुनावी खर्च बैंक मार्फत गर्नु

852
shares
sivam siment- long add

काठमाडौँ । निर्वाचन आयोगले पालिका चुनावका उम्मेदवारले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुन: सचेत गराएको छ ।निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर गर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने व्यवस्था कार्यान्वयन गर्न आयोगले सबै दल र उम्मेदवारलाई पुन: सचेत गराएको हो ।

यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्याे रकम बुझेको रसिद वा भरपाइ दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने पनि आयोगले जनाएको छ ।

तोकेको व्यवस्था विपरीत खर्च गर्ने क्रम चलिरहेकोमा ध्यानाकर्षण गराउँदै आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन  दिएको छ । 

ime pay- long

ime pay- long
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर ...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...